यी हुन् नेपालमा ओमिक्रोन पुष्टि भएका दुई व्यक्ति
काठमाडौं । नेपालमा पहिलो पटक कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि हुनेमा दक्षिण अफ्रिकाबाट नेपाल आएका ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय अर्का विदेशी व्यक्ति छन् । उनीहरू दुवैले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका र पीसीआर रिपोर्ट पनि नेगेटिभसहित नेपाल प्रवेश गरेका मन्त्रालयले जनाएको छ ।
उनीहरु दुवैलाई आइसोलेसनमा राखिएको र अहिले अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । ६६ वर्षीय विदेशी नागरिक मंसिर ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका थिए । उनीसँग सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिं आफैंलाई मंसिर ७ गते कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षणहरु देखिएपश्चात परीक्षण गराउन आएका थिए ।
उनीहरुको पीसीआर रिपोर्टमा एस जिन नेगेटिभ आएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थप परीक्षण गरिएको थियो । सो क्रममा दुवै जनामा मंसिर १९ गते (आइतबार) राति नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएको हो । मन्त्रालयले दुई व्यक्तिहरुसँग सम्पर्कमा आएकाहरुको बृहत कन्ट्याक्ट ट्रेसिङ गरिएको, कन्ट्याक्ट ट्रेसिङबाट प्राप्त ६६ जनाको पीसीआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको बताएको छ ।

सम्बन्धित समाचार
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

