Jankari Kendra
९ श्रावण २०८३, शनिबार

आगामी तीन दिन देशभर कुन क्षेत्रको मौसम कस्तो रहला ?

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७८, मंसिर, २६
आगामी तीन दिन देशभर कुन क्षेत्रको मौसम कस्तो रहला ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल देशको पहाडी भूभागमा आंशिक बदली रहि देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

२०७८ मंसिर २६ गते (आईतबार)
दिउँसो : गण्डकी र प्रदेश १ मा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

राती : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

२०७८ मंसिर २७ गते (सोमबार)
दिउँसो : सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंसिर २८ गते (मंगलबार)
दिउँसो : गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : प्रदेश १ का पहाडी तथा हिमाली भूभागमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेको छ ।

युट्युब सट्स