नेपालमा फेरि बढ्यो कोरोना संक्रमण, २ जनाले गुमाए ज्यान
जानकारी केन्द्र
२०७८, पुष, ११
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २८३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ९ हजार ६७७ वटा नमुना परीक्षण भएको छ ।
मन्त्रालयले बितेको २४ घण्टामा २ जनाको मृत्यु भएको पनि जनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २७ हजार हजार २७१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार १३१ जना पुगेको छ ।
संक्रमितमध्ये ८ लाख १० हजार ७८० जना निको भएका छन् । यस्तै हालसम्म मृतकको कुल संख्या ११ हजार ५८५ पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा ७६ हजार ३३० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । खोप अभियान सुरु भएसँगै हालसम्म कुल २ करोड ३१ लाख ७१ हजार मात्रा खोप लगाइएको छ ।
सम्बन्धित समाचार
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक



