वर्ल्डलिङ्कको इन्टरनेट रिफर गर्ने र पाउने दुवैलाई नेटटिभी सहित १ महिनाको इन्टरनेट प्याकेज निःशुल्क
काठमाडौं, माघ १३ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आकर्षक इन्टरनेट अफर सार्वजनिक गरेको छ । कम्पनीले रिफर गर्ने र पाउने दुवैलाई आईपीटिभी सहित निःशुल्क एक महिनाको इन्टरनेट प्याकेज दिने गरी यो अफर ल्याएको हो ।
बुधबारदेखि सुरु भएको यो अफरमा वर्ल्डलिङ्कका जुनसुकै विद्यमान ग्राहकले कम्पनीको इन्टरनेट जडान गर्नका लागि आफ्ना साथीभाइ तथा आफन्तलाई रिफर गर्न सक्नेछन् । यसरी रिफर गरेपछि नयाँ ग्राहकले तीन महिना वा एक वर्षको इन्टरनेट प्याकेज लिनुपर्नेछ ।
त्यस लगत्तै दुवै ग्राहक (रिफर गर्ने र लिने) ले नेटटिभी सहित एक महिनाको इन्टरनेट निःशुल्क रुपमा पाउनेछन् । वर्ल्डलिङ्कले उपलब्ध गराइरहेका सबै इन्टरनेट प्याकेजमा यो अफर लागू हुने कम्पनीले जनाएको छ ।
कम्पनीले हाल १५० एमबीपीएस, २२५ एमबीपीएस, ३०० एमबीपीएस र ६०० एमबीपीएस गतिका इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार ग्राहकले जतिसुकै व्यक्तिलाई इन्टरनेट रिफर गर्न सक्नेछन् ।
यसरी तीन जनालाई इन्टरनेट रिफर गर्दा रिफर गर्ने व्यक्तिले तीन महिनाको इन्टरनेटसँगै फाइभजी सहितको डुअल ब्यान्डमा निःशुल्क रुपमा अपग्रेड हुन पाउनेछन् । त्यस्तै पाँच जनालाई रिफर गर्दा पाँच महिनाको इन्टरनेटसँगै कम्पनीको मेश वाई-फाई बिकन १.१ समेत निःशुल्क रुपमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
कम्पनीले यस पटकको रिफर अफर पहिलेको भन्दा अझ आकर्षक रुपमा तयार पारेको छ । यस पटकको अफरमा थप झन्झटिला र दुबिधा हुने कुनै पनि अतिरिक्त शर्तहरू राखिएका छैनन् । वर्ल्डलिङ्कका ग्राहकले यो अफरमा सहभागी हुन कम्पनीको वेबसाइट अथवा माई वर्ल्डलिङ्क एपमा रहेको ‘रिफर’ अप्सनमा जानुपर्ने हुन्छ ।
त्यसबाहेक कम्पनीको ग्राहक सेवा केन्द्रमा फोन गरेर तथा नजिकैको वर्ल्डलिङ्कको कार्यालय एवम् प्रतिनिधि कहाँ सम्पर्क गरेर पनि इन्टरनेट प्याकेज रिफर गर्न सकिनेछ ।
सम्बन्धित समाचार
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
