युवतीको मृत्युपछि बर्दियामा बिहानैदेखि प्रदर्शन
२४ जेठ २०७९, काठमाडौँ : बर्दियामा मंगलबार बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन्। ओलारी बजार राजापुर–गुलरिया जाने सडक बन्द गरेर स्थानीयले बिहान ७ बजेपछि प्रदर्शन गरेका हुन्। प्रमुख जिल्ला अधिकारी बन्धुप्रशाद बास्तोलाले समस्या समाधानका लागि सर्वदलिय बैठक जारी रहेको जानकारी दिए।
‘समस्या समाधान गर्न हामी सघन छलफलमा छौं,’ उनले भने। मधुवन नगरपालिका वडा नम्बर २ चनागाउँमा सोमबार स्थानीय र प्रहरीबीच झडप हुँदा २० वर्षीया नविना थारूको मृत्यु भएको थियो। प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भएको स्थानीय बासिन्दाको दाबी छ। तर प्रशासनले भने पोष्टमर्टम रिपोर्ट पछि मात्रै मृत्युको कारण खुल्ने बताउने गरेको छ। शव पोस्टमर्टमका लागि अस्पताल लगे पनि पोस्टमर्टम हुन सकेको छैन। बाघका कारण स्थानीय आन्दोलित सोमबार बिहान करिब साढे १० बजे खेतमा काम गर्न गएकी स्थानीय अस्मिता थारूलाई बाघले झम्टेर घाइते बनाएको थियो।
उनको नेपालगन्जमा उपचार भइरहेको छ । प्रजिअ बास्तोलाका अनुसार घाइते अस्मिताको अवस्था सामान्य छ। दुई हप्ता अगाडि पनि बर्दियामा बाघले अर्का एक मानिसलाई आक्रमण गरेर घाइते बनाएको थियो। मानिसलाई झम्टने बाघ नियन्त्रणमा लिन स्थानीयले माग गरेका थिए। सोमबार पनि उनीहरूले बाघ नियन्त्रणमा लिन प्रदर्शन गरेका थिए। सोही क्रममा विवाद हुँदा झडप भएको थियो। प्रहरीले अनावश्यक बल प्रयोग गर्दा घटना भएको आरोप स्थानीयको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदयकुमार सापकोटाले भिड नियन्त्रणमा लिन प्रहरीले ११ राउन्ड हवाइ फायर गरेको बताए। झडपमा परेर स्थानीय दुई जना पनि घाइते छन्। घाइतेको नेपालगञ्जमा उपचार जारी छ।
प्रदर्शनकारीले हानेको ढुंगा लागेर १५ जना प्रहरी घाइते छन्।
सम्बन्धित समाचार
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

