युवतीको मृत्युपछि बर्दियामा बिहानैदेखि प्रदर्शन
२४ जेठ २०७९, काठमाडौँ : बर्दियामा मंगलबार बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन्। ओलारी बजार राजापुर–गुलरिया जाने सडक बन्द गरेर स्थानीयले बिहान ७ बजेपछि प्रदर्शन गरेका हुन्। प्रमुख जिल्ला अधिकारी बन्धुप्रशाद बास्तोलाले समस्या समाधानका लागि सर्वदलिय बैठक जारी रहेको जानकारी दिए।
‘समस्या समाधान गर्न हामी सघन छलफलमा छौं,’ उनले भने। मधुवन नगरपालिका वडा नम्बर २ चनागाउँमा सोमबार स्थानीय र प्रहरीबीच झडप हुँदा २० वर्षीया नविना थारूको मृत्यु भएको थियो। प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भएको स्थानीय बासिन्दाको दाबी छ। तर प्रशासनले भने पोष्टमर्टम रिपोर्ट पछि मात्रै मृत्युको कारण खुल्ने बताउने गरेको छ। शव पोस्टमर्टमका लागि अस्पताल लगे पनि पोस्टमर्टम हुन सकेको छैन। बाघका कारण स्थानीय आन्दोलित सोमबार बिहान करिब साढे १० बजे खेतमा काम गर्न गएकी स्थानीय अस्मिता थारूलाई बाघले झम्टेर घाइते बनाएको थियो।
उनको नेपालगन्जमा उपचार भइरहेको छ । प्रजिअ बास्तोलाका अनुसार घाइते अस्मिताको अवस्था सामान्य छ। दुई हप्ता अगाडि पनि बर्दियामा बाघले अर्का एक मानिसलाई आक्रमण गरेर घाइते बनाएको थियो। मानिसलाई झम्टने बाघ नियन्त्रणमा लिन स्थानीयले माग गरेका थिए। सोमबार पनि उनीहरूले बाघ नियन्त्रणमा लिन प्रदर्शन गरेका थिए। सोही क्रममा विवाद हुँदा झडप भएको थियो। प्रहरीले अनावश्यक बल प्रयोग गर्दा घटना भएको आरोप स्थानीयको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदयकुमार सापकोटाले भिड नियन्त्रणमा लिन प्रहरीले ११ राउन्ड हवाइ फायर गरेको बताए। झडपमा परेर स्थानीय दुई जना पनि घाइते छन्। घाइतेको नेपालगञ्जमा उपचार जारी छ।
प्रदर्शनकारीले हानेको ढुंगा लागेर १५ जना प्रहरी घाइते छन्।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
