एमालेद्वारा अर्थमन्त्रीको राजीनामा माग
काठमाडौं । संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागे गरेको जनाइएको छ ।
मंगलबार संसद बैठकमा एमालेले बजेट बनाउने क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दर हेरफेर गरेको बारे प्रश्न उठ्दा पनि जवाफ नदिएको जनाउँदै अर्थमन्त्री पदमा बसिरहन नैतिक रुपमा नमिल्ने दाबी गरेको थियो । ‘यति गम्भीर विषयमा प्रश्न उठेपछि अर्थमन्त्री त्यो पदमा बस्नको लागि सक्षम हुनुहुन्छ रु लायक हुनुहुन्छ रु यसको जवाफ संसदलाई चाहिन्छ, एमाले उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भने ।
उनले करको विषय ज्यादै गोपनीय विषय भएको बताए । उनले करको विषय राष्ट्रिय सुरक्षा जस्तै विषय र राष्ट्रिय स्वार्थको विषय भएको बताए । उनले थप भने, ‘यस्ता गोपनीयता बाहिर सार्वजनिक गर्ने, अझ गोपनियताहरुमा साँठगाँठ र मिलेमतो गर्ने जस्ता कुरा गम्भीर अपराध मानिन्छन् । त्यसबारेमा छानबिन हुनुपर्दछ ।’
साथै, पाण्डेले यस विषयमा प्रधानमन्त्रीको पनि ध्यानाकर्षण हुन जरुरी भएको बताए ।
सम्बन्धित समाचार
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
ट्रेन्डिङ
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


