आज प्रतिनिधि सभा बैठक बस्दै, बजेट पनि पारित गर्ने तयारी
जानकारी केन्द्र
२०७९, असार, १
काठमाडौं । सभामुख अग्नि सापकोटाले आज विहान ११ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाएको जनाइएको छ ।
आज रहेको सम्भावित कार्यसूचीमा विभिन्न १२ मन्त्रालयको बजेटबारे उठेका प्रश्नको सम्वन्धित मन्त्रीले जवाफ दिने, विभिन्न सांसदहरुले खर्च कटौतीको प्रस्ताव गर्ने र अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने उल्लेख गरिएको छ ।
यसैगरी, आजको प्रतिनिधि सभाको बैठकबाट आर्थिक वर्ष २०७९/८० को बजेट पारित गर्ने तयारी भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै हिजो संसद् अवरोध भएको थियो ।
एमाले आजको बैठक पनि अवरोध गर्ने तयारीमा रहेको छ । अर्थमन्त्री शर्माले भने करका दर हेरफेर गरेको भन्ने समाचार तथ्यहीन रहेको खण्डन गरिका छन् ।
सम्बन्धित समाचार
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
ट्रेन्डिङ
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


