अन्तिम संस्कार भइरहेको महिले नै कफिनमा आँखा खोलेपछि..
अन्तिम संस्कार गर्दै गर्दा बिचमै शव उठेको अनौठो घटना कहिल्यै सुन्नुभएको छ? आज हामी यहाँ यस्तै एउटा अनौठो घटना बारे चर्चा गर्दैछौँ ।
पेरुमा करिब एक महिनाअघि अन्तिम संस्कारका लागि लैजादैँ गरेको एक महिलाले आँखा खोलिन् । ३६ वर्षकी रोसा इसाबेला सेस्पेडेस कैलाका एक भयानक कार दुर्घटनाको शिकार भएपछि २५ अप्रिलमा डाक्टरद्वारा मृत घोषित गरिएकी थिइन् । दुर्घटनामा उनी टाउको टेकेर भुइँमा लडेकी थिइन् । जसकारण उनको दिमागमा गम्भीर चोट लागेको थियो ।
२६ अप्रिलको अन्तिम संस्कारमा उनलाई कफिनमा राखेर समाधिस्थल लगिँदै थियो । उनको परिवारका सदस्यले त्यति नै बेला उनले आफ्नो आँखा खोलेको देखे । उनलाई पसिना आइरहेको थियो । त्यसपछि, समाधिस्थलका प्रबन्धकले तुरुन्त प्रहरीलाई खबर गरे ।
डाक्टरले रोसा इसाबेलमा जीवनको लक्षण देखिएको बताए । महिलाका परिवारले यसको अनुसन्धानको माग गर्दै रोसा कोमामा गएको आंकलन गरे । यद्यपि, यसको धेरै कारण हुनसक्छ । मृत्युपछि परेलामा पनि थुप्रै हलचल देखिन्छ । मृत शरीरमा पनि विभिन्न परिवर्तन हुनसक्छ । जुुन विशेषगरी पीडादायी मृत्युपछि हुने गर्छ ।
सन् १९९८ मा गरिएको एक शोधमा करिब १७५ घटना भेटिएका थिए जहाँ ब्रेन डेड भएपछि एक हप्ताभन्दा बढी समयसम्म शरीरले काम गरिरहेको थियो ।
त्यस्तै, यस घटनाको कारण जे भए पनि अन्त्य सुखद रहेन । रिपोर्टका अनुसार रोसालाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनको ब्लड अक्सिजन लेभललाई मोनिटर गरिँदै थियो । तर केही घण्टाभित्रै उनलाई पुनः दोस्रो पटक मृत घोषित गरियो । जुन अन्तिम पटक थियो ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
