विभिन्न पार्टिका थरूहट नेता र अधिकारकर्मी रेशम चौधरीको पार्टीमा संगठित हुँदै
काठमाडौं । मधेसवादी दललगायत विभिन्न दलमा आवद्ध थरूहटका नेताहरु रेशम चौधरीद्वारा गठित नागरिक उन्मुक्ति पार्टीमा संगठित हुन थालेका छन् ।
उन्मुक्ति पार्टीले आज आयोजना गर्ने कार्यक्रममा थरूहट आन्दोलनका अगुवा सुरेन्द्र चौधरी, लक्ष्मण थारु लगायतले पार्टी प्रवेश गर्ने जनाइएको छ । साथै, माओवादी केन्द्रका सीताराम थारु, काँग्रेसका राधेश्याम चौधरी, जसपाका मोहनलाल चौधरी, रकामकुमार थारु, प्रभा चौधरी, रञ्जित चौधरी, नेपाल लोकतान्त्रिक पार्टीका जग्गनाथ चौधरी, पार्वती चौधरीलगायतका नेताहरु पनि पार्टी प्रवेश गर्न लागेका छन् ।
यसैगरी, थरूहट आन्दोलनका अगुवा तथा अधिकारकर्मी ओमप्रकाश चौधरी, वासुदेव चौधरी, मनोज लोहार, इन्दु चौधरी लगायत पश्चिमका थुप्रै थारुहरु उन्मुक्ति पार्टीमा प्रवेश गर्ने जनाइएको छ ।
उक्त पार्टीमा थारु मात्र नभई देशभरका उत्पीडित समुदाय आवद्ध हुने जनाइएको छ । स्थानीय चुनावमा राम्रो नतिजा ल्याएको यो नयाँ पार्टीले धेरैलाई आकर्षण गरेको देखिन्छ । तत्कालिन राजपाबाट प्रतिनिधिसभा चुनाव जितेका रेशम चौधरी थुनामै भए पनि श्रीमतीको संयोजकत्वले पार्टी गठन गर्न सफल भएका थिए ।
सम्बन्धित समाचार
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
ट्रेन्डिङ
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


