नेतृत्वलाई एक्लै चुनाव लड्न नेकपा एसको दबाब
एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस)का नेता तथा कार्यकर्ताले कुनै दलसँग गठबन्धन नगरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जान नेतृत्वलाई दबाब दिएका छन् । अहिले सत्ता गठबन्धनमा रहेका काँग्रेस र माओवादीले नेकपा एसलाई हेपेका कारण अबको निर्वाचनमा गठबन्धन नगरी एक्लै जनतामाझ जान राष्ट्रिय प्रतिनिधि परिषद्मा सहभागी नेता तथा कार्यकर्ताले नेतृत्वलाई दबाब दिएका हुन् । नेकपा एस पनि सत्ता गठबन्धनमा छ ।
नेकपा एसको दुई दिनसम्म काठमाडौँमा चलेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा सहभागी अधिकतरले काँग्रेस र माओवादीको हेपाहा प्रवृत्तिले आफूहरूको शिर निहुरिएको बताएका थिए । ुस्थानीय तह निर्वाचनमा अधिकतर स्थानमा काँग्रेस, माओवादीले हाम्रो पार्टी नयाँ भएको भन्दै हेपाहा प्रवृत्ति देखाए, हामीलाई अलमल्याउने काम मात्रै गरेु, परिषद् बैठकमा वाग्मती प्रदेशबाट सहभागीमध्ये प्रतिनिधिले भनेका थिए । वाग्मती प्रदेशबाट सूर्यचन्द्र न्यौपानेले प्रतिनिधिहरूको समग्र धारणा प्रस्तुत गरेका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।
सम्बन्धित समाचार
नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता

