• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. नाइमाको वार्षिक साधारण सभा सम्पन्न, आगामी मोबिलिटी एक्सपो श्रावण २६ देखि ३१ सम्म हुने

आज दही चिउरा खाने दिन, के छन् यसका महत्व र किंवदन्ती?

काठमाडौं । आज असार १५ गतेलाई दही चिउरा खाने दिन पनि भनिन्छ ।

यो दिन दही–चिउरा खाने परम्परा छ । त्यस्तै, यस महिनालाई मानो खाएर मुरी उब्जाउने महिना पनि भनिन्छ । असार १५ मा दही चिउरा खाने प्रचलन पछाडि प्राकृतिक र जैविक कारण रहेका छन् ।

दही चिउरासँग कतिले मौसमी फल आँपको स्वाद मिसाउँछन्, कतिपयले केरा । योसँग आलुको पिरो सुख्खा अचार पनि खाने गरिन्छ । चिउरा सबैलाई चल्ने साझा खाद्यवस्तु हो । दही स्वास्थ्यको लागि अति राम्रो र शितलता प्रदान गर्ने खाद्य पदार्थ हो । र असार महिनामा अत्याधिक गर्मी हुने हुँदा दही खान उपयुक्त हुन्छ ।

यीसँग जोडिएको आलुको पिरो अचार छ । आलु छिटो पच्ने खाद्यवस्तु हो र पिरोले इन्द्रिय सक्रिय बनाउँछ । यसको अर्को महत्व भनेको गर्मीमा गर्मी काट्ने र जाडोमा चिसो काट्ने गुण विद्यमान रहेको हुन्छ । यसरी हाम्रो समाजमा असार १५ धानखेती, दही, चिउरा, आलुको अचार खाने दिनको रुपमा स्थापित छ ।

नेपालीले यो दिनलाई हरेक सामाजिक–सांस्कृतिक महोत्सवको रुपमा मनाउने गर्छन् । हाम्रो समाजमा असार १५ लाई मुठी रोपेर मुरी फलाउने महत्वको रुपमा लिइन्छ । भौगोलिक विविधताको कारणले यहाँ चैतदेखि साउनसम्म पनि धान रोप्ने काम हुन्छ । संसारको सबभन्दा उच्च भागमा फल्ने जुम्ली मार्सीको व्याड चैत १६ मा राखिन्छ । १५ औं शताव्दीमा चन्दननाथले सुरु गरेको यो परम्परा वर्तमानसम्म पनि कायमै छ । त्यसको दुई दिनपछि त्रिपुरा सुन्दरीलाई भाका पारेर चैत १८ मा डोल्पामा धानको व्याड राखिन्छ । ती ठाउँहरुमा वैशाखमा रोपाइँ हुन्छ भने तराईमा साउन अन्त्यसम्म यो क्रम चल्छ । नेपालको मध्यपहाडी क्षेत्रमा असार महिनाभित्र रोपाइँ सकिन्छ ।

भौगोलिक विविधताले रोपाइँ विभिन्न ठाउँमा विभिन्न किसिमले विभिन्न समयमा हुने भए तापनि असार १५ लाई धान रोप्ने साझा दिनको रुपमा नेपाली समाजले स्वीकारेको छ । जुन सद्भाव र सहिष्णुताको सूचक हो । त्यस्तै, धान गर्मी याममा फल्ने बाली हो । यो तापक्रम ठाउँअनुसार विभिन्न प्रजातिको हुन्छ । असार १५ लाई नै साझा दिन महोत्सव मान्नुको पछाडि केही कारण छन् । असार १५ गतेदेखि भूमि चिसो हुन सुरु हुन्छ भनिन्छ । यसै दिनदेखि क्रमशः दिन छोटो हुँदै जान्छ भन्ने परम्परा छ । यसै सेरोफेरोमा सूर्य दक्षिणायन हुन्छ ।

हाम्रो कृषिप्रधान समाजमा भएकोले धान रोपाइँलाई महत्वका साथ हेरिन्छ र महोत्सवको रुपमा सम्पन्न गरिन्छ । यस्ता पर्व, महोत्सवहरुमा प्रकृति, मौसम, ऋत, धर्म, जीवन पद्धति परिवर्तनले प्रत्यक्ष प्रभाव पारेका हुन्छन् । धान रोप्ने दुई पद्धति छन् – सवाइ र रोपाइ । सवाइमा धानको बिउ तयारी खेतमा छरिन्छ भने रोपाइँमा धानको व्याड करिब १ फिटजति अग्लो भएपछि रोपिन्छ । हाम्रा समाजमा रोपाइँ प्रायः सामुहिक रुपमा हुन्छन् । रोपाइँ गर्नुअघि बिउ जमिनबाट निकालिन्छ र तयारी खेतमा रोप्ने काम हुन्छ । रोपाइँको दिन बिहानै एकसरो छोटा लुगा लगाएका रोपार्नीहरु रातो टीका लगाएर हातमा बिउ, वर्षाती, घुम आदि लिएर लस्करै भएर रोपाई गीत गाउँदै खेततर्फ लाग्छन् ।

खेतमा पुगिसकेपछि बाउसेलाई एकले अर्कोलाई हिलो छ्याप्दै हिलोको टीका लगाइदिएर खले गरोबाट धान रोप्न सुरु गर्छन् । रोपार्नीहरुको सहयोगीको रुपमा एकजना बाउसे हुनुपर्छ । रोपाइँ सुरु भएपछि खेत, वनपाखा, पखेरा घन्काउनेगरी गीत गाउन थाल्छन् । खासगरी रोपाइँको गीतलाई असारे गीत भन्ने चलन छ । यस अतिरिक्त रोपाइँमा अन्तरिक्ष र पृथ्वीका देवता, स्थानीय देवता, जलमूलको स्तुति गर्ने भूतप्रेत मसान भगाउने प्रकारका गीत पनि हुन्छन् । धान रोप्दै जाँदा खले गरोको बीचमा कोठी बनाउने चलन पनि हुन्छ ।

रोपाइँ सकिएपछि रोपाइँ घरमा गएर सबैले घरका मानिसलाई आशिर्वाद दिने परम्परा पुरानो हो । रोपाइँको क्रम पहाडी भूभागमा प्रायः असार महिनाभर चलिरहन्छ । असार १५ गते मात्र रोपाइँ हुने होइन । यो त सबैको साझा दिन हो । माथि भनिएझैँ नेपालको उच्च पहाडी भेगमा जेठ महिनाभित्रमा रोपाइँ भइसक्छ भने मध्य र तल्लो पहाडी क्षेत्रमा असारसम्म र तराईमा साउनसम्म भइरहन्छ ।

यो परम्परा, शैली पनि ठाउँ, समुदायअनुसार केही फरक प्रकारको हुन्छ । वर्तमानमा प्रविधिको विकास, सामुहिक भावनामा आउन थालेको ह्रासले परम्परागत मान्यतामा केही भिन्नता आएको देख्न सकिन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    आज : नेप्से बढ्यो कि घट्यो ?

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    आज : नेप्से बढ्यो कि घट्यो ?

    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    • २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • आज : नेप्से बढ्यो कि घट्यो ?
    • नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
    • बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.