ठेलामा मकै बेच्दा नगर प्रहरीद्वारा ठेला जफत(भिडियोसहित)
काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ४ महाराजगञ्जमा मकै बेच्दै हिँडेकी एक महिलाको ठेलालाई नगर प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार आफ्नो ठेला प्रहरीले उठाएपछि महिलाले हार गुहार गरिन् । तर नगर प्रहरीले उनलाई उल्टै सडकमा लछार पछार गर्यो । एक पुरुष प्रहरीलाई रोक्ने प्रयास गरे पनि ठेला र मकै गाडीमा हालेर लगिन्छ । पत्रकार सृष्टि काफ्लेले घटनाको भिडियो ट्वीटरमा पोष्ट गरेकी छन् । नगर प्रहरीले गरेको ज्यादतीको आलोचना सामाजिक सञ्जालमा व्याप्त रुपमा भइरहेको छ ।
महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटाले भने, ‘यस्तो घटना त दैनिक दशौं हुन्छन् । हामीले पटक पटक ठेलागाडा नराख्न भनेका छौैं । फुटपाथ र सडकमा नराख्नु भनेको ठाउँमा ठेला राखेपछि जफत हुने कुरा सामान्य हो । नगर प्रहरीको नजर नपर्ला कि भनेर हेपेर ठेलाहरु राख्छन् । हामीले छोड्ने हो भने त फुटपाथ र सडक कसरी व्यवस्थापन हुन्छ?’
उनले जफत भएको ठेला र सामान फिर्ता नहुने बताए । महानगरले यी सामान लिलामी गर्ने गर्छ । महानगरका सूचना अधिकारी वसन्त आचार्यले भने यो विषयमा जानकारी नभएको प्रतिक्रिया दिएका छन् । काठमाडौं महानगरका मेयर बालेन साह पनि यस विषयमा मौन छन् ।
This is such a sad scene !!! Right now at Baluwatar. Is this the long-term solution for street vendors?? #KathmanduTales pic.twitter.com/38TMca1pWe
— Shristi Kafle (@KafleShristi) July 1, 2022
सम्बन्धित समाचार
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ अघि नै काठमाडौंमा देखियो चेरी क्यु
बाल सुरक्षा विवादमा मेटालाई ५६७ मिलियन डलरको जरिवाना
थाइल्यान्डमा किशोरद्धारा गरिएको अन्धाधुन्ध गोली प्रहारमा ७ जनाको मृत्यु
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

