काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा विभिन्न ९ एजेन्डाबारे छलफल हुने जनाइएको छ ।
बैठकमा एमसीसीबारे छलफल हुने अपेक्षा गरिएपनि एजेण्डामा सो विषय परेको छैन । लामो समयपछि बसेको केन्द्रीय समिति बैठकमा सो विषयलाई छलफलकै विषय नबनाइएको हो ।
अध्यक्ष प्रचण्डले आइतबारदेखि प्रज्ञा भवन कमलादीमा सुरु बैठकमा सपथग्रहण, बैठक सन्चालन प्रक्रियाबारे जानकारीका साथै प्रदेशहरूबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारी र विविध एजेण्डा पेश गरेका छन् ।
नेता नारायणकाजी श्रेष्ठ समूहले एमसीसी संसदबाट पारित भएपछि तीव्र विरोध जनाएको थियो ।