नेपालले विश्व बैंकबाट पौने १३ अर्ब ऋण लिँदै
काठमाडौं । विश्व बैंकले नेपाललाई एक सय मिलियन डलर अर्थात पौने १३ अर्ब रुपैयाँ ऋण दिने भएको छ ।
नेपालको हरित, जलवायु–उत्थानशील र समावेशी विकासमा सहयोग गर्ने उद्देश्यले विश्व बैंकको कार्यकारी निर्देशक बोर्डबाट ऋण स्वीकृत भएको हो । विश्व बैंकले ग्रीन, रेसिलियन्ट र इन्क्लुसिभ डेभलपमेन्ट (जीआरआईडी)का तीन चरणका कार्यक्रममध्ये पहिलो चरणका कार्यक्रम कार्यान्वयन गर्न उक्त ऋण सहायता उपयोग हुने जनाएको छ ।
बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि निर्देशक फारिस हदाद जेभोसले कोभिड-१९ महामारीपछि नेपालमा हरित र समावेशी विकासमा विश्व बैंकले सहायता केन्द्रित गरेको बताए । उनले यस सहायताले कृषि, वन, पानी, भूमीको प्रयोग, शहरी विकास, फोहोर व्यवस्थापन तथा प्रदूषण नियन्त्रणका क्षेत्रमा सरकारको मुख्य नीतिगत कार्य गरिने जनाए ।
साथै, विश्व बैंकले यी कार्यक्रममार्फत कोभिड, प्रकोप, जलवायु र वातावरणीय जोखिमलगायत नेपालको विकासलाई असर गर्ने जटिल चुनौतीको सामना गर्दै गरिबी निवारणमा सहयोग पुग्ने जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

