Jankari Kendra
११ श्रावण २०८३, सोमबार
Worldlink

महोत्तरीको पोखरीमा बालकको शव डुबेको भेटियो

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, असार, ३१
महोत्तरीको पोखरीमा बालकको शव डुबेको भेटियो

काठमाडौं । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका-४ बरथटोलमा पोखरीमा एक बालकको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले गए राति स्थानीय भाग्यनारायण यादवका छोरा दुई वर्षीय सार्थक यादवको शव गाउँकै शिवजी पोखरीमा डुबेका अवस्थामा भेटिएको बताए ।

सार्थक घरबाट खेल्न निस्के तर अबेर साँझसम्म घर नफर्केपछि परिवारले खोज्दै जाँदा उनी पोखरीमा डुबेको अवस्थामा भेटिएको हो ।

Top Changing Nepal

युट्युब सट्स