पर्यटन बोर्डले नेपाल-अष्ट्रेलिया सिधा उडानका लागि पहल गर्दै
काठमाडौं । नेपाल पर्यटन बोर्डले अष्ट्रेलियन राजदूतावाससँगको सहकार्यमा दुईतर्फी पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न लागेको छ ।
सोमबार बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा. धनन्जय रेग्मी र नेपालका लागि अष्ट्रेलियन राजदूतावास नियोग उपप्रमुख पल म्याकिकर्नबीचको भेटमा दुवै देशको पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्य गर्न सकिने विषयमा छलफल भएको छ । बोर्डले वार्तामा आर्थिक तथा पर्यटन कूटनीतिकका माध्यमबाट दुवै देशले फाइदा लिन सक्ने कुरामा जोड दिइएको जनाएको छ ।
बोर्डका सिइओ डा. रेग्मीले कोरोनापछि नेपालको पर्यटन क्षेत्र लयमा फर्किन थालेको बताउँदै साहसिक पर्यटनमा रुचि राख्ने अष्ट्रेलियन पर्यटकका लागि नेपाल एक आकर्षक गन्तव्य भएको उल्लेख गरे । उनले अष्ट्रेलिया र नेपालबीच सिधा हवाई कनेक्टिभिटी नभएका कारण पर्यटक कम आएको र हवाई कनेक्टिभिटी बढाउन दूतावासमार्फत पहल गर्न आग्रह गरे ।
नेपालका अष्ट्रेलियन राजदूतावास नियोग उपप्रमुख पल म्याकिकर्नले नेपालको विकासका लागि पर्यटन महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै आपसी सहकार्यका लागि दूतावास तयार रहेको बताए । त्यस्तै, अष्ट्रेलियामा नेपाली समुदायहरूको संख्या बढिरहेको हुँदा कूटनीतिक तथा जनस्तरबाट समेत दुई देशबीचको सम्बन्धलाई थप अघि बढाउनु पर्नेमा म्याकिकर्नले जोड दिएका छन् ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
