माओवादीको संसद् बहिष्कारपछि आज सर्वदलीय बैठक बस्दै
जानकारी केन्द्र
२०७९, श्रावण, ४
काठमाडौं । नेकपा माओवादीले कर्णाली प्रदेशमा मंगलबार संसद् बहिष्कार गरेको विषयलाई लिएर आज सर्वदलीय बैठक बस्ने जनाइएको छ ।
सभामुख राजबहादुर शाहीले रातोपाटीलाई सर्वदलीय बैठक आज दिउँसो १ बजे बोलाइएको जानकारी दिए । उनका अनुसार सत्तारूढ दलले संसद् बहिस्कार गरेपछि समाधानका लागि सर्वदलीय बैठक बस्ने भएको हो ।
त्यस्तै, माओवादीका सांसदहरूले भने मुख्यमन्त्री जीवनबहादुर शाही आफ्नो दलले उठाएको विषयमा गम्भीरता नदेखाएको खण्डमा विकल्प सोच्न सकिने बताउँछन् । तर पूर्वमन्त्री एवम् माओवादी सांसद नरेश भण्डारी तत्कालै राजीनामा माग गर्ने कुरा नसोचिएको बताउँछन् । ‘अझै पनि मुख्यमन्त्री गम्भीर नबने विकल्प सोच्न सकिन्छ’,उनले भने ।
यहीबीच, माओवादीले मुख्यमन्त्रीलाई गठबन्धनको मूल्य मान्यता विपरीत चलिरहेको आरोप लगाएको छ ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
