नर्भिक अस्पतालले हडपेको सरकारी जग्गा खालि गराउँदै दुई मन्त्री
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ११ थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले अनधिकृत हडपेको सरकारी जग्गा खाली गराउन दुई मन्त्री लागि परेका छन् । यही क्षेत्रबाट निर्वाचित बागमती प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ र संघीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठबीच नर्भिकले हडपिएको सरकारी जग्गा फिर्ता ल्याउने बारे छलफल भएको छ ।
नर्भिक अस्पताल गत २० वर्षदेखि वसन्त चौधरीलगायतको स्वामित्वमा रहेको छ । पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले उक्त सरकारी जग्गामा डोजर चलाउन भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठलाई ध्यानाकर्षण गराएका छन् । पर्यटनमन्त्री श्रेष्ठले मालपोत र स्थानीय तहले रेखाङ्कन गरिदिए आफ्नै नेतृत्वमा नर्भिकले हडपेको सरकारी जग्गा खाली गराउने बताए । नर्भिकले हडपेको उक्त जग्गामा स्वास्थ्य पार्क बनाउने श्रेष्ठको योजना छ ।
भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठले पनि छलफलको क्रममा उक्त जग्गा संरक्षण गर्ने आफ्नो मुख्य एजेण्डा रहेको र यसलाई फिर्ता ल्याउन विशेष भूमिका खेल्ने जनाएकी छन् । उक्त १ रोपनी ८ आना १ पैसा १ दाम जग्गा नर्भिक अस्पतालले अनधिकृत भाडामा हत्याएको पाइएको छ । मन्त्रिपरिषद्को निर्णयपछि मात्र सरकारी जग्गाहरु भाडामा लिन सकिन्छ । तर नर्भिक अस्पतालले उक्त जग्गा भूमिसुधार अधिकारी लुम्बप्रसाद शिवाकोटीसँगको मिलेमतोमा अनधिकृत रुपमा भाडामा लिने सम्झौता गरेको खुलेको छ ।
अख्तियारको दुरुपयोग गर्दै तत्कालीन भूमिसुधार अधिकारी शिवाकोटीले मिलोमतोमा ‘प्राइम लोकेसन’को डेढ रोपनी सरकारी जग्गा नर्भिक अस्पताललाई भाडामा दिने सम्झौता गरेको देखिन्छ । भूमि व्यवस्थापन विभागका अधिकारीहरू आर्थिक चलखेल आधारमा यस्तो बदमासी भएको हुन सक्ने बताउँछन् । भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठले यसबारे छानबिन गरिने र दोषीलाई कारबाही गरिने जनाएकी छन् ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
