काठमाडौं । नेतृत्प्रति असन्तुष्ट रहेका नेकपा (एकीकृत समाजवादी)का ४ प्रभावशाली नेताहरु एमालेमा प्रवेश गर्ने तयारीमा छन् ।
नेताहरु पार्टीले मन्त्रीबाट फिर्ता बोलाएपछि एमालेमा प्रवेश गर्ने आन्तरिक छलफलमा छन् । नेताहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले, कृष्णकुमार श्रेष्ठलगायतले एमालेमा जाने तयारीमा रहेको बुझिएको छ ।
उनीहरुले हालसम्म पार्टीले फिर्ता बोलाएपछि अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालसँग भेटवार्ता गरेका छैनन् । पार्टीका बैठकमा पनि उपस्थित भएका छैनन् ।
झाँक्रीसहितका चार नेता अध्यक्ष नेपाल र नेता खनालको पछिल्लो सक्रियताबाट असन्तुष्ट थिए । उनीहरु एमालेका केही नेतासँग नियमित सम्पर्कमा रहेको र आगामी चुनावअघि नै एमालेमा प्रवेश गर्नेगरि छलफल बढेको जनाइएको छ ।