आज ही १८ जिल्लामा बाढीको खतरा…
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका १८ जिल्लामा बाढीको खतरा रहेको जनाएको छ ।
दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, मकवानपुर, धादिङ, लमजुङ, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालिकोट, कैलाली, अछाम, डोटी, डडेलधुरा, बैतडी र दार्चुलामा बाढीको खतरा रहेको छ ।
वर्षाका कारण ती जिल्लामा बहने केही स–साना नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान महाशाखाले गरेको छ । बहाव बढ्ने जिल्लाको तटीय क्षेत्रमा रहने सर्वसाधारणलाई सतर्कता अपनाउन महाशाखाले भनेको छ ।
शनिबार प्रदेश १, मधेश प्रदेशको तराई भू–भाग र बागमती प्रदेश, सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग भई बहने स–साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान महाशाखाको छ।यस्तै, आइतबार प्रदेश १ को पहाडी भू–भाग, सुदूरपश्चिम प्रदेशको तराई भू–भाग भई बहने केही स–साना नदीहरूमा बाढी आउने पूर्वानुमान छ ।
आगामी तीन दिनसम्म प्रमुख नदीहरु कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सामान्य बढ्ने तथा सतर्कता तहभन्दा तलै रहने महाशाखाले जनाएको छ ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
