चिकित्सक विशेषज्ञ परीक्षामा ४७४ परीक्षार्थी सहभागी, सयमाथी फेल..
काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले लिएको चिकित्सक विशेषज्ञको नाम दर्ता परीक्षा (स्पेशल एक्जाम)मा १४९ जना चिकित्सक फेल भएका छन् ।
शनिबार काउन्सिलले लिएको २३औं विशेष परीक्षामा ४७४ जना परीक्षार्थीहरु सहभागी भएका थिए । जसमध्ये ३२५ (६८.६) प्रतिशत पास र १४९ (३१.४ प्रतिशत) फेल भएका छन् । रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले विभिन्न ४५ वटा विषयमा स्नातकोत्तर गरेका परीक्षार्थीहरु सहभागी रहेको जानकारी दिए ।
पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान सूचना तथा सञ्चार प्रविधि केन्द्रमा भएको परीक्षा बिहान १० देखि १२ र दिउँसो २ देखि ४ बजेसम्म गरी दुई चरणमा सञ्चालन गरिएको थियो । यसभन्दा अगाडि २१ माघ र २२ गते लिएको विशषेज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७७ प्रतिशत सहभागी उत्तीर्ण भएका थिए ।
यस्तै, अहिले करिब ३० हजार १३३ चिकित्सक काउन्सिलमा दर्ता भएका छन् । जहाँ, करिब ८ हजार ८६२ बढी विशेषज्ञ चिकित्सकको रुपमा दर्ता छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

