चिकित्सक विशेषज्ञ परीक्षामा ४७४ परीक्षार्थी सहभागी, सयमाथी फेल..
काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले लिएको चिकित्सक विशेषज्ञको नाम दर्ता परीक्षा (स्पेशल एक्जाम)मा १४९ जना चिकित्सक फेल भएका छन् ।
शनिबार काउन्सिलले लिएको २३औं विशेष परीक्षामा ४७४ जना परीक्षार्थीहरु सहभागी भएका थिए । जसमध्ये ३२५ (६८.६) प्रतिशत पास र १४९ (३१.४ प्रतिशत) फेल भएका छन् । रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले विभिन्न ४५ वटा विषयमा स्नातकोत्तर गरेका परीक्षार्थीहरु सहभागी रहेको जानकारी दिए ।
पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान सूचना तथा सञ्चार प्रविधि केन्द्रमा भएको परीक्षा बिहान १० देखि १२ र दिउँसो २ देखि ४ बजेसम्म गरी दुई चरणमा सञ्चालन गरिएको थियो । यसभन्दा अगाडि २१ माघ र २२ गते लिएको विशषेज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७७ प्रतिशत सहभागी उत्तीर्ण भएका थिए ।
यस्तै, अहिले करिब ३० हजार १३३ चिकित्सक काउन्सिलमा दर्ता भएका छन् । जहाँ, करिब ८ हजार ८६२ बढी विशेषज्ञ चिकित्सकको रुपमा दर्ता छन् ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
