एसपीपीबाट बाहिरिने बारे अमेरिकालाई चिठ्ठी पठाउन माधव नेपालको माग
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नजनाउने विषयमा अमेरिकालाई तत्काल चिठ्ठी पठाउन माग गरेका छन् ।
आइतबार पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र आफूले प्रधानमन्त्री देउवालाई तत्कालै पत्र लेख्न माग गरेको जानकारी गराए । उनेले भने, ‘अस्ति प्रचण्डजी र मैले प्रधानमन्त्री शेरबहादुर देउवालाई तुरुन्तै चिठ्ठी पठाउन भनेका छौं । त्यसमा ढिलोढाला हुने काम नहोस् भनेका छौं । यो विषयमा जनताहरूबाट पनि आवाज उठ्नु पर्छ ।’
मन्त्रिपरिषद्को गत असार ६ गतेको बैठकले एसपीपीमा नेपाल सहभागी नहुने निर्णय गरे पनि त्यस सम्बन्धी अमेरिकालाई औपचारिक रुपमा जानकारी गराएको छैन । एसपीपीमा नेपालको सहभागीतालाई लिएर संसद् र बाहिर नै व्यापक विरोध भएपछि सरकारले सो निर्णय गरेको थियो ।
सम्बन्धित समाचार
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
ट्रेन्डिङ
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


