ढलको पानीबाट बियर, उपभोक्त भन्छन्- ‘पिउन कुनै आपत्ति छैन्’
एजेन्सी । न्यु ब्रिउ कुनै साधारण बियर होइन । यो ‘रिसाइकल’ गरिएको ढलबाट बनाइएको हो । देशको राष्ट्रिय पानी एजेन्सी पव (पीयूबी) र स्थानीय शिल्प ब्रुअरी ब्रिवर्जबीचको सहकार्यमा यो पेय पदार्थ बनाइएको हो ।
सन् २०१८ मा पहिलो पटक पानी सम्मेलनमा सार्वजनिक गरिएको न्यु ब्रिउ अप्रिलमा सुपरमार्केट र ब्रिवरेज आउटलेटहरूमा बिक्रीमा राखिएको थियो । ‘मैले यो शौचालयको पानीबाट बनेको हो भनेर गम्भीरतापूर्वक भन्न सक्दिन’ ५८ वर्षीय चेउ वेई लियानले भने ।
यस बारे सुनेपछि उनले सुपरमार्केटबाट बियर किनेका थिए । ‘यदि यो फ्रिजमा थियो भने मलाई कुनै आपत्ति छैन । मेरो मतलब, यो बियर जस्तै स्वाद छ, र मलाई बियर मन पर्छ ’, उनले अगाडि भने ।न्युब्रिउले सिंगापुरको ब्रान्डको पिउने पानीको ढलबाट रिसाइकल गरिएको एनईवाटरको प्रयोग गर्दछ, जुन पहिलो पटक टापुको पानी सुरक्षा सुधार गर्न सन् २००३ मा प्रशोधन केन्द्रहरूबाट प्रवाहित भएको थियो ।
पीयूबीले यो नयाँ बियर सिंगापुरवासीहरूलाई दिगो पानीको प्रयोग र रिसाइक्लिङको महत्वबारे शिक्षित गर्ने प्रयासको अंश भएको जनाएको छ । पिउने पानीमा ढल प्रशोधन गर्ने अवधारणालाई एक पटक व्यापक विरोध गरिएको थियो ।
तर, विश्वको ताजा पानीको आपूर्ति घटेसँगै पछिल्ला दशकमा यसले समर्थन पाएको छ । विश्व वन्यजन्तु कोषका अनुसार २ दशमलब ७ अर्ब मानिसहरूले वर्षमा कम्तीमा १ महिना पानीको अभाव झेलेका छन् ।
परावैजनी प्रकाशद्वारा ढललाई कीटाणूरहित बनाएर र दूषित कणहरू हटाउन उन्नत झिल्लीमार्फत तरल बनाएर एनइवाटर तयार गरिन्छ । प्रशोधन गरिसकेपछि यो केवल पानी मात्र हुन्छ ।
बियर
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
