बलात्कार आरोपी वडाअध्यक्ष कारागार चलान
काठमाडौं । बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका १ का वडा अध्यक्ष शरदसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
२८ वर्षीया महिलालाई गत २०७८ चैत्र १५ गते बलात्कार गरेको आरोपमा वडाअध्यक्ष नेगीसंगै सोही ठाउँका केशवसिंह नेगीलाई असार १४ गते पक्राउ गरिएको थियो। वडाअध्यक्ष नेगीसंगै सोही ठाउँका केशवसिंह नेगीलाई पनि पुर्पक्षका लागि कारागार चलान गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। पीडित महिलाले दिएको उजुरीको आधारमा उनीहरु दुवैजनालाई पक्राउ गरेको हो ।
उनीहरुविरुद्ध जवरजस्तीकरणी मुद्दामा अदालतबाट म्याद थपेर प्रहरीले अनुसन्धान गरि अदालतमा पेश गरेको थियो । पीडित महिला परिवारकै संरक्षण रहेकी छन् । नेगी वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा मेलौली नगरपालिका वडा नं । १ को अध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

