प्लाष्टिकको झोलामा लगाइएको प्रतिबन्धमा कडाइ गर्ने तयारी
काठमाडौं । सरकारले प्लाष्टिकको झोला उत्पादन र प्रयोग नियन्त्रण गर्न कडाइ गर्ने जनाएको छ छ ।
वातावरण विभागले प्रतिबन्ध लगाएको १ वर्ष पुग्न लाग्दा पनि नियन्त्रण नभएको भन्दै उत्पादन, आयात, प्रयोग र बिक्रीमा कडाइ गर्ने जानकारी दिएको छ ।
जारी भएको विभागको सार्वजनिक सूचना अनुसार नियन्त्रणका लागि कडाइका साथ अनुगमन गरिने र कारबाही प्रक्रिया अघि बढाइनेछ । विभागले प्रतिबन्धित झोला प्रयोग गरेको पाइएमा वातावरण संरक्षण ऐन र नियमावली अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।
त्यतै, २०७८ असोज १९ गते प्लाष्टिक झोलामा प्रतिबन्ध लगाइएको थियो । साथै, मन्त्रिपरिषद्को माघ १७ गतेको बैठकले प्लाष्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना स्वीकृत गरी कार्यान्वयन गराएको थियो । जसकारण, वातावरणमा प्रतिकूल असर गर्ने ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोग गर्न पाइँदैन ।
यद्यपी, विभागले प्लाष्टिक झोलामा प्रतिबन्ध लगाए पनि कोरोना महामारीलगायत कारणले गर्दा प्रभावकारी अनुगमन नभएर प्रयोग झनै बढिरहेको जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

