महानगरले एक साता नउठेको फोहोर भोलिदेखि संकलन गर्ने
काठमाडौं। काठमाडौं फोहोर पालिकाको फोहोर भोलिदेखि संकलन हुने भएको छ । महानगरले आज सूचना जारी गरी भोलिदेखि फोहोर संकलन हुने बताएको हो । सूचनामा भनिएको छ, ‘भोलि १२ गते बिहीबार बिहान ६ बजेदेखि तपाईंको पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्याउन, त्यसै सूचनामार्फत महानगरबासीमा अनुरोध गरिएको छ ।’
सिसडोलमा बाटो निर्माण गर्ने भन्दै महानगरले साउन ४ मा एक साता फोहोर नउठाउने निर्णय गरेको थियो । महानगरले एक साता फोहोर नउठेएपछि फोहोर व्यवस्थापन गरिदिने महानगरवासीमा धन्यवादसमेत व्यक्त गरेको छ ।
‘महानगरपालिकाद्वारा साउन ४ मा जारी गरिएको सूचनाबमोजिम आफ्नो घरभित्र फोहोरको अल्पकालीन व्यवस्था गरी सडक, चोक, गल्ली फोहोर हुनबाट रोकी सफा, स्वच्छ महानगर बनाउने कार्यमा अतलुनीय योगदान गर्नुभएकोमा महानगरवासीलाई हार्दिक धन्यवाद’, सूचनामा भनिएको छ । महानगरले फोहोर सार्वजनिक स्थान तथा चोकमा नराखी घरमै छुट्याएर राख्नसमेत अनुरोध गरेको थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

