आजदेखि समितिले प्रतिवेदन लेखन सुरु गर्ने..
जानकारी केन्द्र
२०७९, श्रावण, ११
काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले आजदेखि प्रतिवेदन लेखन सुरु गर्ने जनाएको छ ।
समितिका सचिव सुरेन्द्र अर्यालले विहान साढे ११ बजे सिंहदरबारमा सुरु हुने बैठकमा प्रतिवेदन लेख्नका लागि छलफल सुरु हुने जनाए । त्यस्तै, समितिका एमालेतर्फका सदस्यले सत्तापक्षले प्रमाण लुकाएको आरोप लगाएका छन् । यद्यपि मंगलबार बसेको दोस्रो बैठकमा प्रतिवेदन सकेसम्म सबै सदस्यको सहमतिका आधारमा लेख्ने समझदारी बनेको छ ।
मन्त्रालयमा चालु आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेपछि शर्माले राजीनामा दिएका थिए । उक्त विषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिलाई १० दिनको म्याद दिए पनि ७ दिन थपिएको थियो । समितिले भोलि अन्तिम दिन प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


