रेड्मी बडस् ३ लाइट अब नेपाली बजारमा, यस्ता छन् विशेषता..
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा रेड्मी बडस् ३ लाइट सार्वजनिक गरेको छ ।
शाओमीको रेड्मी बडस् ३ लाइट फोन प्लस एसेसरिज श्रेणीको सबैभन्दा नयाँ उपकरण हो । रेड्मी बडस् ३ लाइटमा पर्याप्त सुविधाहरू पाउन सकिन्छ । जस्तैः किफायती मूल्य, १८ घण्टा टिक्ने ब्याट्री, क्वालिटी साउन्ड, एर्गोनोमिक डिजाइन, आदि, इत्यादि ।
शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने लन्चको अवधिमा भने, “रेड्मीले निरन्तर नयाँ ट्रेन्डहरू सेट गर्दै स्मार्टफोन र एक्सेसरिजहरुको विस्तृत क्याटेगोरीका साथ औधोगिक बेन्चमार्कहरू पार गरेको छ । त्यसैगरी, हालको ट्रेन्डलाई ध्यानमा राख्दै रेड्मीले नयाँ रेड्मी बडस् ३ लाइट– “बडस् फर फन” लन्च गरेको छ ।”
डिजाइन
उक्त बड्समा नयाँ एर्गोनोमिक डिजाइन छ । जसले बोक्न सहज र हेर्दा सौखिन देखिन्छ । यसको तौल ३५ ग्राम भन्दा कम छ । त्यस्तै, रेड्मी बडस् ३ लाइटको लक-इन डिजाइन इयरबडलाई कानमा राम्रो फिट हुनका लागि डबल टायरको सिलिकन ब्यान्डमा उपलब्द छ ।
क्वालिटि साउन्ड
यसमा अडियो गुणस्तर अति नै तारिफयोग्य छ किनकी यसमा ट्युन गरिएको ६ एमएमको डायनामिक ड्राइभर समावेश छ ।
राम्रो प्लग र चार्ज
टाइप सी चार्जर समर्थन गर्ने रेड्मीको बडस् ३ लाईटसँग ५ घण्टाको चार्जमा १८ घण्टासम्म म्युजीक प्लेब्याक पाइन्छ ।
धुलो र पानी प्रतिरोध
धुलो र पानी प्रतिरोधी डिजाइन र अविश्वसनीय पर्फमेन्सको साथ रेड्मीे बडस् ३ लाईटको सुविधा साह्रै लाभदायी छ ।
अन्य विशेषता
राम्रो र स्पष्ट इन–कल अडियो अनुभवको लागि रेड्मीको बडस् ३ लाईट ब्लुटुथ ५.२ को साथ निर्मित छ जसले सिमलेस इन–कल अडियो अनुभव प्रदान गर्दछ । टच अपरेसन समर्थन गर्ने यो रेड्मीको बडस् ३ लाईटमा अटो पेयरिङ्गको सुविधा सुनिश्चित छ । रेड्मीे बडस् ३ लाईट कालो रंगमा रु. ३,३९९ मा उपलब्ध छ ।
यसैगरी, रेड्मीे बडस् ३ लाईट २७ जुलाई २०२२ देखि देशभरका सबै आधिकारिक एमआइ स्टोरहरूमा उपलब्ध हुने जनाइएको छ ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
