Jankari Kendra
११ श्रावण २०८३, सोमबार
Worldlink

रेड्मी बडस् ३ लाइट अब नेपाली बजारमा, यस्ता छन् विशेषता..

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, श्रावण, ११
रेड्मी बडस् ३ लाइट अब नेपाली बजारमा, यस्ता छन् विशेषता..

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा रेड्मी बडस् ३ लाइट सार्वजनिक गरेको छ ।

शाओमीको रेड्मी बडस् ३ लाइट फोन प्लस एसेसरिज श्रेणीको सबैभन्दा नयाँ उपकरण हो । रेड्मी बडस् ३ लाइटमा पर्याप्त सुविधाहरू पाउन सकिन्छ । जस्तैः किफायती मूल्य, १८ घण्टा टिक्ने ब्याट्री, क्वालिटी साउन्ड, एर्गोनोमिक डिजाइन, आदि, इत्यादि ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने लन्चको अवधिमा भने, “रेड्मीले निरन्तर नयाँ ट्रेन्डहरू सेट गर्दै स्मार्टफोन र एक्सेसरिजहरुको विस्तृत क्याटेगोरीका साथ औधोगिक बेन्चमार्कहरू पार गरेको छ । त्यसैगरी, हालको ट्रेन्डलाई ध्यानमा राख्दै रेड्मीले नयाँ रेड्मी बडस् ३ लाइट– “बडस् फर फन” लन्च गरेको छ ।”

डिजाइन

उक्त बड्समा नयाँ एर्गोनोमिक डिजाइन छ । जसले बोक्न सहज र हेर्दा सौखिन देखिन्छ । यसको तौल ३५ ग्राम भन्दा कम छ । त्यस्तै, रेड्मी बडस् ३ लाइटको लक-इन डिजाइन इयरबडलाई कानमा राम्रो फिट हुनका लागि डबल टायरको सिलिकन ब्यान्डमा उपलब्द छ ।

क्वालिटि साउन्ड

यसमा अडियो गुणस्तर अति नै तारिफयोग्य छ किनकी यसमा ट्युन गरिएको ६ एमएमको डायनामिक ड्राइभर समावेश छ ।

राम्रो प्लग र चार्ज

टाइप सी चार्जर समर्थन गर्ने रेड्मीको बडस् ३ लाईटसँग ५ घण्टाको चार्जमा १८ घण्टासम्म म्युजीक प्लेब्याक पाइन्छ ।

धुलो र पानी प्रतिरोध

धुलो र पानी प्रतिरोधी डिजाइन र अविश्वसनीय पर्फमेन्सको साथ रेड्मीे बडस् ३ लाईटको सुविधा साह्रै लाभदायी छ ।

अन्य विशेषता

राम्रो र स्पष्ट इन–कल अडियो अनुभवको लागि रेड्मीको बडस् ३ लाईट ब्लुटुथ ५.२ को साथ निर्मित छ जसले सिमलेस इन–कल अडियो अनुभव प्रदान गर्दछ । टच अपरेसन समर्थन गर्ने यो रेड्मीको बडस् ३ लाईटमा अटो पेयरिङ्गको सुविधा सुनिश्चित छ । रेड्मीे बडस् ३ लाईट कालो रंगमा रु. ३,३९९ मा उपलब्ध छ ।

यसैगरी, रेड्मीे बडस् ३ लाईट २७ जुलाई २०२२ देखि देशभरका सबै आधिकारिक एमआइ स्टोरहरूमा उपलब्ध हुने जनाइएको छ ।

 

Top Changing Nepal

युट्युब सट्स