• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२४ जेठ २०८३, आइतबार
२४ जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
  • १९ घण्टा 

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
  • २ दिन 

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा
  • २ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २ दिन 

एलजी नेपालद्वारा “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य
  • २ दिन 

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
  • २ दिन 

२०८३ जेठ २४ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २ दिन 

सगरमाथा संरक्षण अभियानमा साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य
  • २ दिन 

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा

  • २. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ३. सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन

  • ४. २०८३ जेठ २१ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

  • ६. बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै

  • ७. अन्नपूर्ण आरोहणको ७६ वर्ष : ५३६ जनाले चुमे चुचुरो

  • ८. रामादा बाई विन्धाम इटहरीद्वारा गर्मीयामका लागि तीन आकर्षक मौसमी अफर सार्वजनिक

  • ९. न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव : हिमाली तथा पहाडी भागमा वर्षा हुने र तराईमा गर्मी बढ्ने

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

४३३१ विद्यार्थीलाई सीटीईभीटीको निःशुल्क छात्रवृत्ति

admin २०७९, श्रावण, १५

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी)ले प्रमाणपत्र तह तथा डिप्लोमा विभिन्न २९ ओटा शैक्षिक कार्यक्रमका लागि २९१३ जना र प्रि डिप्लोमा तहमा १८१४ गरी ४३३१ जना विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति दिने जनाएको छ ।

बिहीबार एक सूचना प्रकाशित गर्दै सीटीईभीटी अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले निस्शुल्क छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलाएको हो । शैक्षिक सत्र २०७९र०८० मा डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवम् भर्ना सम्बन्धी निर्देशिका २०७० अनुसार परिषद्‌बाट सम्बन्धन प्राप्त आङ्गिक, साझेदारी, टेक्स तथा निजी शिक्षालयहरूमा अध्ययन गर्न यस्तो छात्रवृत्ति उपलब्ध गराउन लागिएको छ ।

यसका लागि २०७९ साउन २९ गते राति १२ बजे भित्र अनलाइनबाटै प्रवेश शुल्क भुक्तानी गरी आवेदन समेत अनलाइनमै दिनुपर्ने सीटीईभीटीले जनाएको छ । प्रमाणपत्र तहमा सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, डेन्टल साइन्स, रेडियोग्राफी, सामान्य आयुर्वेदिक चिकित्सा, अप्थाल्मिक विज्ञान, अकुपञ्चर, फार्मेसी, फिजियोथेरापी र डिप्लोमा तहमा योग एन्ड नेचुरोपेथीका लागि वर्गीकृत निस्शुल्क छात्रवृत्ति कोटा छुट्याइएको छ । यसका साथै डिप्लोमा तहमा सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, जिओमेटिक्स इन्जिनियरिङ र आर्किटेक्चर इन्जिनियरिङका लागि समेत निस्शुल्क छात्रवृत्ति पाउन सकिनेछ ।

त्यस्तै सोही तहमा मेकानिकल इन्जिनियरिङ, मेकाट्रोनिक्स इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ, आईटी, कम्प्युटर इन्जिनियरिङ, रेफ एन्ड एसी इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ (हाइड्रोपावर स्पेसलाइजेसन), एग्रिकल्चर (बाली विज्ञान), एग्रिकल्चर (पशु विज्ञान), फुड एन्ड डेरी टेक्नोलोजी, फरेस्ट्री, होटेल म्यानेजमेन्ट र सोसल वर्करमा समेत छात्रवृत्तिका लागि आवेदन दिन सकिनेछ ।

त्यस बाहेक प्रि-डिप्लोमा तहका लागि एग्रिकल्चर (प्लान्ट साइन्स), लाइभस्टक प्रोडक्सन एन्ड एनिमल हेल्थ, भेटेरिनरी साइन्स, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, वाटर सप्लाइ एन्ड सेनिटरी इन्जिनियरिङका लागि समेत छात्रवृत्तिको आवेदन खुलाइएको छ । त्यस्तै, प्रि-डिप्लोमा तहमै सर्भे इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ, रेफ्रिजिरेसन एन्ड एयर कन्डिसनिङ इन्जिनियरिङ, होटेल म्यानेजमेन्ट, कुलिनरी आर्ट, इन्टरप्रेनरशिप डेभलपमेन्ट, सोसल मोबिलाइजेसन र कम्प्युटर एप्लिकेसन एन्ड सेक्रेटरियल म्यानेजमेन्ट कार्यक्रममा पनि निस्शुल्क छात्रवृत्ति कोटा छुट्याइएको छ ।

साउन १५ देखि खुला हुने अनलाइन आवेदन फारामका लागि डिप्लोमा तथा प्रमाणपत्र तहको एक हजार रुपैयाँ र प्रि-डिप्लोमा तहको पाँच सय रुपैयाँ प्रवेश परीक्षा शुल्क तोकिएको छ । जुन कनेक्ट आईपीएसको डाइरेक्ट अनलाइनबाट भुक्तानी गर्नुपर्नेछ । आवेदनमा रोजिएको जिल्ला भित्र परीक्षा केन्द्र रहने परिषद्‌ले जनाएको छ ।

ककसले भर्न पाउँछन् आवेदन?

एसएलसी तहको परीक्षामा ६८/३३ प्रतिशत तथा एसईईमा गणित, अङ्ग्रेजी र विज्ञान विषयमा न्यूनतम सी ग्रेड तथा अन्य विषयमा न्यूनतम डी ग्रेड प्राप्त गरी २ जीपीए ल्याएका विद्यार्थीले सीटीईभीटीको छात्रवृत्तिका लागि आवेदन दिन पाउने जनाइएको छ । प्रिडिप्लोमा तहका लागि एसएलसी वा सो सरहको परीक्षा तथा एसईईमा न्यूनतम ई ग्रेड प्राप्त विद्यार्थीहरूले छात्रवृत्तिका लागि आवेदन दिन पाउनेछन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

ताजा

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.