विप्लवविरुद्ध अदालतको पक्राउ पुर्जी
काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले उनीविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको जनाएको हो । एमसीसी र एसपीपी लगायत सम्झौताविरुद्ध आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना कार्यकर्तासँग अदालतले धरौटी मागेपछि विप्लवले न्यायाधीशहरुविरुद्ध अभिव्यक्ति दिएका थिए । उनले न्यायाधीशहरुलाई थुतेर कुट्नुपर्छ भनेका थिए ।
यद्यपि उनीविरुद्धको पक्राउ पुर्जी भने यही अभिव्यक्तिका कारण जारी भएको होइन । हातहतियार तथा खरखजना, कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध, विष्फोटक पदार्थसम्बन्धी कसुर आपराधिक लाभ तथा संगठित अपराधसम्बन्धी मुद्दामा उनीविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । उनीसँगै उनकै समूहका अर्का नेता खड्गबहादुर विश्वकर्मा लगायत दर्जनौं नेता कार्यकर्ताविरुद्ध समेत पक्राउ पूर्जी जारी गरिएको छ ।
सम्बन्धित समाचार
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


