निष्पक्ष चुनावको लागि लिङ्देनले गरे चुनावी सरकार गठनको माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी संघ र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै निष्पक्ष चुनावी सरकार गठनको माग गरेका छन्। लिङ्देनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै निर्वाचनको मिति घोषणापछि पनि संसदलाई निरन्तरता दिने नभई निष्पक्ष निर्वाचनको लागि वर्तमान सरकार विघटन गरेर चुनावी सरकार बनाउन माग गरेका हुन् ।
निर्वाचन आयोगले चुनावको मिति सिफारिस गरेको झण्डै एक महिना पुग्दा समेत सरकारले मिति घोषणा नगरेको सन्दर्भमा लिङदेनको यस्तो माग आएको हो । राप्रपाको साउन ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले चुनावी सरकार गठनको माग गरेको थियो । मंगलबार फेरि पार्टी अध्यक्ष लिङदेनले सोही माग दोहोर्याएका छन् ।
सरकारले भने मनोनयन दर्ताको अघिल्लो दिनसम्म पनि प्रतिनिधिसभालाई निरन्तरता दिनेगरी गृहकार्य थालेको बुझिएको छ । कार्यकाल लम्ब्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले परामर्श गरिरहेका छन्। कार्यकाल लम्ब्याउन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि सकरात्मक देखिएको छ ।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


