एक वर्षमा रिलायबल नेपाल लाइफले २७ करोड ४८ लाख नाफा
काठमाडौं। एक वर्षको अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २७ करोड भन्दा बढी नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७८ र ७९ मा यस कम्पनीले २७ करोड ४८ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा यस कम्पनीले २२ करोड ५९ लाख ४२ हजार रुपैयाँ थियो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद नाफा २१।६५ प्रतिशतले वृद्धि भएको हो ।
त्यस्तै, कम्पनीले गत आर्थिक वर्षमा तीन अर्ब ९७ करोड ४४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षमा कुल बीमा शुल्क आर्जन ३१.८३ प्रतिशलते बढाउन सफल भएको हो । अघिल्लो आर्थिक वर्षमा यस कम्पनीले ३ अर्ब एक करोड ४७ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको थियो ।
गत वर्षमा कम्पनीको जीवन बीमा कोषमा ४ अर्ब ६० करोड रुपैयाँ जम्मा भएको छ । दिर्घकालिन कर्जा लगानी ६ अर्ब एक करोड पुर्याएको छ । त्यस्तै, यस कम्पनीले गत वर्षमा ७१ करोड ७७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । अभिकर्ता कमिशन बापत ५७ करोड ६९ लाख रुपैयाँ खर्च भएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

