४४ वर्षअघि लेखिएको मेसेज फेला परेपछि
न्युयोर्क। वर्षौअघि लेखिएको सन्देश फेला पर्दा कस्तो अनुभूति हुन्छ । निश्चय नै अनौठो लाग्न सक्छ । भर्जिनियाको योर्क नदीको किनारमा हिँडिरहेका एक बाबु छोराले ४४ वर्ष पहिले एक किशोरले फालेको बोतलभित्र सन्देश भेट्टाएका छन् ।
सोमबार आफ्नो छोरासँग योर्क रिभर स्टेट पार्कनजिक हिंडिरहेका बेला ब्रायन डेलिगेले नदीको किनारमा एउटा पुरानो सिसाको पेप्सीको बोतल भेट्टाएका थिए । बोतललाई नदीको छालले किनारमा धकेलेको उनको अनुमान छ ।
बोतलभित्र एउटा नोट फेला परेको थियो । उक्त नोट बालकले लेखेको प्रष्टै चिनिन्थ्यिो । नोटमा फोन नम्बर पनि समावेश थियो । नोटमा ‘डोन केनड्रिक’ लेखिएको थियो । फोन नम्बर ‘एक्सपायर’ भएकाले त्यसबाट सम्पर्क असम्भव थियो । तर, डेलिगेकी श्रीमती मेगन डेलिगेले फेसबुकमा त्यो नोटबारे फोटो पोस्ट गरिन् । उनको पोस्ट एक घण्टा भित्र सयौं पटक सेयर गरियो ।
सेयर भएको पोस्टले ट्रेसी केन्ड्रिकको ध्यान खिच्यो । उनका पति, डनले ४४ वर्ष पहिले तीनवटा सन्देशसहित बोतल नदीमा फ्याँकेका थिए । बोतल फाल्दा उनी १२ वर्षका थिए ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

