प्रज्ञा–प्रतिष्ठानले थाल्यो नेपाली काव्यविधाका प्रयोगबारे विमर्श
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (पद्य–काव्य) विभागले नेपाली काव्यविधामा भएका प्रयोगका बारेमा विमर्शको थालनी गरेको छ। विगभाद्वारा शुक्रबार ‘नेपाली कविताका लघुतम उपविधा’ विषयक विमर्श कार्यक्रम आयोजना गरियो । सो कार्यक्रममाा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भने, ‘साहित्यमा प्रयोग हुन्छ तर त्यसको सार्थकतापछि गएर ग्रहणशीलतामा हुन्छ। यसमा स्थायित्व हुनु महत्वपूर्ण छ।’
प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले प्रतिष्ठानले साहित्यका क्षेत्रमा उठ्ने विभिन्न समस्या वा विवादका विषयलाई एक ठाउँमा राखेर छलफल गराउने र समाधान निकाल्ने प्रयास गरेको जनाए । विभागका प्रमुख प्रा डा हेमनाथ पौडेलले नेपाली कविता विधामा भइरहेका प्रयोगले नेपाली कविता-काव्य विधालाई समृद्ध बनाउने विचार व्यक्त गरे ।
गोष्ठीमा डा यज्ञेश्वर निरौलाले ‘नेपाली कविताका लघुतम उपविधा’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै हालसम्म कविताका विधामा मुक्तक, हाइकु, सिजो, ताङ्का, सेन्यु, सेदोकाक, रुबाइ, एलाक, साइनो, कोपिला, बाछिटा, सुसेली, उदक, खोरिया, क्रिमुक, झर, छेस्का, तप्कना, पिरामिड, रम्बास, टुक्रा, छोक, कुट पद्य, सायरी, दोहा, सोरठा, चौपाइ, आल्हा, पुरबी, केस्रा, खिचडी, यग्मक, आगो, शीत, तियाली, पञ्चाङ्ग आदि गरी ३६ वटा उपविधा आएको बताए । उनले कविताका ती लघुतम विधा तथा उपविधाको उत्पति, प्रयोग, प्रयोक्ता, वर्तमान अवस्था र भविष्यका बारेमा समेत उल्लेख गरे।
डा निरौलाको गोष्ठीपत्रमाथि परिपूरक समीक्षा गर्दै समालोचक प्रा डा भरतकुमार भट्टराईले हामीले थालेका अभियान वा प्रयोगले इतिहास बनाउन र प्रयोक्ताहरू जन्माउन सकेमा मात्रै यसको सार्थकता पुष्टि हुने विचार व्यक्त गरे। डा विन्दु शर्माले कति विधा स्थापित भए र कति हुने क्रममा छन् भन्ने विषयमा गोष्ठीले टेवा पुग्ने बताए ।
सम्बन्धित समाचार
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


