आमाको उपचारका लागि सडकमा भौतारिँदै बालक
काठमाडौं । काठमाडौंको बसाइँ भनेपछि सधैं सधैंको हतार त हुने नै भयो । आज पनि म हतार हतारमै निस्केको थिए । गाडीमा चडेपछि एक बालक देखे जो सबैसँगै माग्दै हिडिरहेका थिए । लगाउनलाई खुट्टामा चप्पल थिएन, हाँस्नलाई बहाना थिएन । मनभरी पीडा र बेचैनी प्रस्त देखिन्थ्यो ।
बुझ्दै जाँदा थाहा भयो, आमा अस्पतालको सैयामा छट्पट्याइरहेकी थिइन्, अबोध बालक सडकमा उपचारका लागि पैसा माग्दै काठमाडौंको सडकमा भौतारिरहेका थिए । आफू सानैदेखि लडिबुडी खेल्दै हुर्किएको उसको प्यारो घर जलेर खरानी भएपछि उनी र उनको परिवारसँग बचेको एउटै कुरा थियो ‘आजको छाक कसरी टार्ने भन्ने चिन्ता तर आमालाई मुटुको रोग देखिएपछि पीडा माथि पीडा थपिएको थियो ।’
सलार्ही घर बताउने बालकले स्कुल छाडेको ७र८ महिना भइसकेको छ । घरमा आगलागी भएपछि परिवारमा खान लाउन नै गाह्रो भयो । मजदुरी गरेर पेट पाल्दै आएका बाबुआमाको सम्बन्ध बिग्रियो । दैनिकी नर्क नै बन्यो, बाबु पनि परिवार छाडेर बेपत्ता भए ।
आमालाई मुटुको रोग लागेपछि त झन् सम्पूर्ण जिम्मेवारी बालकमा आइपुग्यो । त्यसपछि उनी काठमाडौंका सडकमा माग्दै हिडिरहेका छन् । पैसा पाएका दिन पेटभर खान पाउँछन् । आमाको उपचारका लागि पनि छुट्याउँछन् । उनी ‘आमाको उपचारका लागि पैसा दिनुस्’ भन्दै मागीरहेका हुन्छन् ।
दिनभरि मागेर जे जति रुपैयाँ जम्मा हुन्छ, त्यो सबै आमालाई बुझाउँछन् । अस्वस्थ आमाको सहारा बनेका बालक भन्छन् ‘काम गर्यो साहुले तलबै दिँदैनन्,’ उनी भन्छन्, ‘आमालाई पनि हेर्नुपर्यो, उपाय नलागेपछि माग्न थालें ।’
सम्बन्धित समाचार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ बिज २४ म्यानेज्ड वाइ–फाइ सोलुसन
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

