ल हेर्नुहोस नन्दकिशोर पुन ‘पासाङ’ को संक्षिप्त जिवनी – जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, कार्तिक, १२
जन्म: बि.सं. २०२२ साल कात्तिक ७ गते रोल्पा जिल्लाको राङ्सी गाविस–९ भनभनेमा
बिसं २०३७ सालमा अनेरास्वयवियू (छैठौं) को सदस्यता लिएर राजनीति शुरु,
२०३९ सालमा लिवाङमा पढ्दै गर्दा अखिलको प्रथम उपकेन्द्रीय सम्मेलनको रोल्पा जिल्ला प्रतिनिधि,
२०४१ सालमा थवाङमा ३ दिन जेल,
२०४२ सालमा थवाङबाट एसएलसी उत्तीर्ण,
२०४८ सालमा १३ दिन लिवाङ पुलिस हिरासतमा,
२०४६ सालमा दाङ क्याम्पस इकाइ विद्यार्थी अध्यक्ष,
२०४६ सालमा नेकपा एकता केन्द्रको पार्टी सदस्य र युवक संगठनको सदस्य,
२०४८ सालमा पार्टीको पूर्णकालीन सदस्य / भूमिगत राजनीतिमा प्रवेश,
२०५१ सालमामा स्थानीय पुलिस बाट गोलि प्रहार, देब्रे हातमा चोट, मृत्युको मुखबाट जोगिन सफल,
२०५२ सालमा जनयुद्धको थालनीदेखि लडाकु दलको कमाण्डर,
२०५५ सालमा टास्क–फोर्स कमाण्डर,
२०५६ मा स्थापित छापामारहरूको पहिलो कम्पनीका कमाण्डर
शसस्त्र जनयुद्धकै क्रममा बटालियन कमिसार, बटालियन कमाण्डर, ब्रिगेड कमाण्डर, डिभिजन कमाण्डर हुँदै डेपुटी कमाण्डर र प्रमुख कमाण्डरसम्म बन्नु भयो। उहाँको जनयुद्धका बेला टाउकाको मूल्यसमेत तोकियो । तर उहाँले कहिल्यै हरेस खानु भएन । युद्धका क्रममा दर्जनौ पटक उहँले मृत्युलाई नजिकैबाट आत्मसात् गर्ने मौका पाउनु भयो तर राजनीतिमा भने उहाँले कहिल्यौ बीट मार्नु भएन । माओवादी आन्दोलनमा मात्रै होइन, राजनीतिमा नै इमानदारीताको छवि बनाउनु भएका पुनले आफ्नो दुबै मृगौला फेल भएपछि विदेशमा उपचार नगराउने र नेपालमै उपचार गराउने अडान लिनुभयो । साहित्य–कलाप्रति अभिरुचि राख्ने पासाङले गीतहरुको रचना पनि गर्नुभएको छ । उहाँका ‘जनताहरू उठ्दै छन् जाग्दै छन्’, ‘हामी राता मान्छे’, ‘हुरीका सन्तान हौं हामी’ बोलका गीतहरु चर्चित छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
