• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ जेठ २०८३, शनिबार
१६ जेठ २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ट्रक दुर्घटना हुँदा चालकको निधन
  • ६ घण्टा 

देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरी चल्ने पूर्वानुमान
  • ७ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ८ घण्टा 

वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै
  • २३ घण्टा 

खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक किसानको निधन
  • १ दिन 

५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमानको माग
  • १ दिन 

अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • १ दिन 

जंक फुड, इनर्जी ड्रिङ्क्स र सुर्तीजन्य वस्तुमा कर बढ्यो, ३६० वस्तुको अन्तःशुल्क खारेज
  • १ दिन 

बाढी, पहिरो र सडक मर्मतले देशका प्रमुख राजमार्ग प्रभावित, कतै पूर्ण बन्द त कतै एकतर्फी सञ्चालन
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ जेठ १३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • २. अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

  • ३. सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ४. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै

  • ६. कृषि र पशु बीमामा ८० प्रतिशतसम्म प्रिमियम अनुदान

  • ७. बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

  • ८. देशभर पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभाव : यी प्रदेशमा हावाहुरी चल्न सक्ने, सतर्कता अपनाउन आग्रह

  • ९. ५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमानको माग

  • १०. तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह

भुम्लुमा रेबिजको त्रास स् २८९ जनालाई खोप

जानकारी केन्द्र २०७९, भाद्र, २२

काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिकाको सात गाउँका स्थानीय हाल प्राणघातक रोग रेबिजको डरले त्रसित अवस्था बस्न बाध्य छन् । भुम्ल –१ स्थित सापिङ, कात्तिके, आरनगाउँ, भारतीगाउँ, गैराटोल, बोक्से र खोलमबारीमा रेबिजविरुद्ध दुई सय ८९ जनालाई खोप लगाइएको छ ।

बितेको एक महिनाका अवधिमा चार दर्जनभन्दा बढी पशुचौपाया मरेपछि भुम्लुको सात गाउँका स्थानीय त्रसित भएका हुन् । मरेका पशुचौपायाको परीक्षण गर्दा रेबिज रोग पुष्टि भएपछि स्थानीय दुई सय ८९ लाई रेबिजविरुद्धको खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । मरेको पशुचौपायाको मासु खाएका १९ परिवारका ५१ सहित दुई सय ८९ लाई स्थानीय अस्पतालको सहयोगमा रेविजविरुद्धको खोप लगाइएको कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईँले जानकारी दिए ।

उनका अनुसार जिल्लास्थित स्वास्थ्य कार्यालय, भुम्लु गाउँपालिकाको स्वास्थ्य शाखा तथा पशु स्वास्थ्य शाखाद्वारा परीक्षणसँगै रोकथामको प्रयास भइरहेको छ । “मरेको भैँसीको मासु खाएका थप स्थानीय नखुल्दा रोकथाममा समस्या निम्तिन सक्छ, रेबिजको पहिचान, परीक्षण र रोकथाम सुरुआत गरिएको छ”, उनले भने । गत बिहीबार भुम्लुबेँसीमा मरेको राँगोमा रेबिज रोग पुष्टि भएपछि स्थानीय थप त्रसित बनेका हुन् ।

स्थानीयका अनुसार हाल गाउँपालिकाको वडा नं १ सहित ७ र ८ मा पनि रेबिज सङ्क्रमणको जोखिम बढेको छ । गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सुदर्शन भट्टराईका अनुसार भैँसी, गाई, कुकुर, बाख्रा मरेका छन् । रेबिज सङ्क्रमित कुकुरले पशुचौपाया तथा कुकुरलाई टोकेका कारण मृत्यु भएको हो ।

भारतीगाउँ र आरनगाउँका स्थानीयले केही कुकुरलाई नियन्त्रणमा लिई मारेका छन् । स्थानीय दावा लामाका अनुसार पछिल्ला दिनमा पशुचौपाया मरिरहेकाले गाउँमा रेबिजको त्रास फैलिएको छ । जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बाख्रा पनि मरेकाले थप परीक्षण भइरहेको जनाएको छ । केन्द्र प्रमुख पशु चिकित्सक राजकुमार हुमागाईँले रेबिज रोकथामका उपाय अपनाइएको बताए । उनका अनुसार पशुचौपायाको अवस्था तथा सङ्क्रमणबारे पनि अनुगमनको काम भइरहेको तथा पशुलाई पनि खोप दिने काम भइरहेको छ ।

शतप्रतिशत प्राणघातक मानिएको उक्त रोगबाट छिमेकी गाउँपालिका चौँरीदेउराली–६ मा गत वर्ष एक महिनाको अवधिमा एक आठ वर्षीय बालक र दुई पुरुषको मृत्यु भएको थियो । त्यसयता काभ्रेपलाञ्चोकमा रेबिजका कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

भुम्लुमा हालसम्म मानिसमा कुनै लक्षण नखेखिएको तर खोपसहित निगरानीमा भने राखिएको जनाइएको छ । हाल केही स्थानीयको भैँसीले ¥याल काढिरहेकाले पशुमा पनि रेबिजविरुद्धको खोप लगाइएको हो । “त्यस क्षेत्रमा कुकुरबाट बच्न र अब उप्रान्त मरेको कुनै पनि पशु–चौपाया नखान आग्रह गरेका छौँ”, हुमागाईँले भने । उनका अनुसार घटनाक्रमले जिल्लामा रेबिज रोगको सङ्क्रमण केही वर्ष नै रहिरहने देखिएको बताए ।

रेबिज लागेको कुकुर तथा अन्य जनावारले मानिसलाई टोकेमा मृत्यु निश्चित हुन्छ । एक वर्षअघि चौँरीदेउरालीमा रेबिजबाट मानिसको मृत्यु भएपछि केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै आएको छ । हाल भुम्लुमा आमा समूह, स्वास्थ्यचौकी, विद्यालय, सर्वसाधारण तथा विभिन्न सङ्घसंस्थाले रेबिजविरुद्धको सचेतनाका अभियान सुरु गरेका छन् ।

चिकित्सकका अनुसार राम्रोसँग पकाएर खाएको मासु, उमालेर खाएको दूधबाट रेबिज सर्दैन । काँचो दूध, मासु खाँदा रेबिज रोग सर्छ । ९९ प्रतिशत सङ्क्रमण कुकुरबाट सर्ने गर्दछ । कुकुरलाई रेबिजविरुद्धको खोप लगाउँदा रेबिज फैलन पाउँदैन । रेबिज लागेको कुकुरले मान्छे, पशुपक्षीलाई टोकेको अवस्थामा रेबिज सर्न सक्छ ।

सम्भावित जोखिम न्यूनीकरण गर्न केन्द्रमा पर्याप्त भ्याक्सिन राखिएको छ । चिकित्सकका अनुसार सुरुमा घरपालुवा वा अन्य जनावरको ¥यालमा रहेका रेबिज भाइरस टोकाइबाट शरीरमा प्रवेश गर्दछ । भाइरस रगतबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्ने र गिदी सङ्क्रमित भएपछि मात्रै लक्षण देखिन थाल्ने गर्दछ ।

प्राणघातक रेबिज रोग नियन्त्रणका लागि अन्तर्राष्ट्रियरुपमा जनचेतना जगाउन तथा सरोकारवालहरुबीच एक्येबद्धता प्रकट गर्न प्रत्येक अङ्ग्रेजी वर्षको सेप्टेम्बर २८ को दिनलाई ‘अन्तर्राष्ट्रिय रेबिज दिवस’को रूपमा मनाउने गरिएको छ ।

नेपालमा बर्सेनि दुई सय बिरामीको रेबिजका कारण मृत्यु हुने गरेको स्वास्थ्य तथ्याङ्कले देखाएको छ । विश्वका एक सय ५० देशमा हरेक वर्ष रेबिज रोगबाट ५९ हजार मानिसले ज्यान गुमाउने गरेको तथ्याङ्क पनि छ । आगामी सन् २०३० सम्ममा विश्वमै रेबिज रोग उन्मूलन गर्ने लक्ष्यसमेत लिइएको छ । रासस

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ट्रक दुर्घटना हुँदा चालकको निधन
देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरी चल्ने पूर्वानुमान
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

ताजा

ट्रक दुर्घटना हुँदा चालकको निधन

देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरी चल्ने पूर्वानुमान

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.