एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नाकाबन्दीका कारण उत्पन्न समस्या हल गर्न कुनै हालतमा नझुक्ने बताएका छन् । क्रान्तिकारी पत्रकार संघले शनिबार गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले संविधान बनाएकै कारण हामीले दु:ख पाउन नहुने स्पष्ट पारे । वैद्यानिक र लोकतान्त्रिक प्रक्रियाबाट संविधान बनेको चर्चा गर्दै उनले मुलुकले ऐतिहासिक सफलता प्राप्त गरेसँगै मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीले जनजीवन अस्तव्यस्त बनेको बताए । भारतसँग मित्रवत सम्बन्ध राख्न आफूहरू लागि परेको भन्दै उनले भने, ‘तर जबर्जस्ती झुकाउन खोजिए झुक्दैनौँ, अन्तिम अवस्थासम्म संघर्ष गर्छौं ।