Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

प्रचण्ड भन्छन अन्तिम अवस्थासम्म पनि झुक्दैनौँ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, कार्तिक, २३

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नाकाबन्दीका कारण उत्पन्न समस्या हल गर्न कुनै हालतमा नझुक्ने बताएका छन् । क्रान्तिकारी पत्रकार संघले शनिबार गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले संविधान बनाएकै कारण हामीले दु:ख पाउन नहुने स्पष्ट पारे । वैद्यानिक र लोकतान्त्रिक प्रक्रियाबाट संविधान बनेको चर्चा गर्दै उनले मुलुकले ऐतिहासिक सफलता प्राप्त गरेसँगै मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीले जनजीवन अस्तव्यस्त बनेको बताए । भारतसँग मित्रवत सम्बन्ध राख्न आफूहरू लागि परेको भन्दै उनले भने, ‘तर जबर्जस्ती झुकाउन खोजिए झुक्दैनौँ, अन्तिम अवस्थासम्म संघर्ष गर्छौं ।

Top Changing Nepal

युट्युब सट्स