फेवातालमा महानगरको नजर, ७ दिनभित्र मापदण्डविपरीतका संरचना हटाउन अल्टिमेटम
पोखरा । पोखरा महानगरपालिकाले फेवातालको मापदण्डविपरीत बनाइएका संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ । शनिबार एक सूचना जारी गरि निर्माण भइरहेका संरचना रोक्न र मापदण्डविपरीतका घर टहरा हटाउन निर्देशन दिएको हो ।
यदी धनी आफैँले नहटाए १ सातापछि महानगरपालिकाले हटाउने चेतावनी दिएको छ । मेयर धनराज आचार्यसहितको टोलीले ताल किनारको अवलोकन गरी मापदण्ड कार्यान्वयन गर्ने र अवैध संरचना भत्काउने चेतावनी दिएर फर्किएको छ ।
यसअघिका जनप्रतिनिधिले पनि पटक पटक डोजर लगेर भत्काए पनि रातारात संरचना बन्न छोडेका छैनन् । अहिले पनि ताल अतिक्रमण गरेर संरचना बनिरहेका छन् । फेवाको मापदण्ड ६५ मिटर छ । अघिल्लो जनप्रतिनिधिको अन्तिम समयमा मापदण्ड घटाएर ३५ मिटरमा झारिएको थियो । २०७८ चैतमा मापदण्ड घटाउने निर्णय गरेपछि महानगरको निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा पर्यो । अदालतले तत्कालका लागि ६५ मिटर नै मापदण्ड कायम गर्न अन्तरिम आदेश दिएको छ ।
मेयर आचार्यले ६५ मिटरलाई नै आधार मानेर संरचना हटाइने बताए । ‘मुद्दा विचाराधीन भएकोले अहिलेको मापदण्ड ६५ मिटर नै हो । भोलि फरक निर्णय आए सोहीअनुसार गरौंला,’ उनले भने, ‘रातारात बनेका संरचना हट्छन् ।’ उनले भने झैं संरचना हटाउन भने सजिलो छैन । यदी महानगरले आँट गर्ने हो भने तत्कालै ५००भन्दा बढी स्थायी र अस्थायी संरचना हटाउनुपर्छ ।
महानगरले डेढ वर्षअघि गरेको एक अध्ययनअनुसार तालको ६५ मिटर मापदण्ड भित्र ५०० भन्दा बढी घरटहरा निर्माण भएको उल्लेख छ । त्यसमध्ये २ सय ४५ वटा संरचना स्थायी छन् भने बाँकी २ सय ४८ संरचनाहरु अस्थायी छन् ।
३५ र ६५ मिटर मापदण्डको छुट्टाछुट्टै प्रतिवेदन बनाएर महानगरले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको थियो । जहाँ ८ तले पक्की भवनदेखि साना टहरासम्म पर्छन् । त्यतिमात्रै होइन, तालको पानीभित्र डेढ सय रोपनी जमिन व्यक्तिको नाममा छ । १३३ रोपनी जग्गा व्यक्तिले भोगचलन गरिरहेको प्रतिवेदन बनाइएको छ ।
तालको सीमाभित्र भने एक हजार ६१० रोपनी जमिन व्यक्तिको नाममा छ । फेवातालको सीमांकन गर्नका लागि संघ सरकारले २०७७ कात्तिकमा कास्की जिविसका तत्कालीन सभापति पूण्य पौडेलको संयोजकत्वमा अध्ययन टोली गठन गरेको थियो ।
उक्त समितिले फागुन २ गते नयाँ सीमाना सहितको प्रतिवेदन सरकारलाई बुझाएको हो । समितिको प्रतिवेदन अनुसार तालको सीमाना पूर्वमा ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौंदी र चंखपुरबीचको दम्किलो तथा दक्षिणमा रानीवन कायम गरिएको छ । जसअनुसार फेवाताल अव ५।७२६ वर्ग किलोमिटर ठूलो भएको छ । सोही समितिले फेवाको गुरुयोजना पनि बनाएर सरकारलाई दिएको छ ।
महानगरको रिपोर्टमा भने ताललाई पूरानै स्वरुपमा लैजानका लागि ६५ मिटर मापदण्ड कायम गर्दा ३४ अर्व मुआब्जा दिनुपर्ने उल्लेख गरेको छ । मालपोत मुल्यांकन अनुसार न्यूनतम १० अर्व र चलनचल्तीको मुल्य दिए ३४ अर्व लाग्ने अनुमान छ ।
सम्बन्धित समाचार
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार

