म्याग्दीको थामडाँडामा बस दुर्घटना, ३ जनाको मृत्यु
म्याग्दीको बेनी नगरपालिका–१३ डेविनडाँडा शनिबार बिहान बस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । बरंजाबाट सदरमुकम बेनी आउँदै गरेको ग १ ख ५३६६ नम्बरको माईक्रोबसमा सवार ६०जना घाईते भएका छन् ।
मृत्यु हुनेमा बेनपा–१३ का ९ बर्षिय सुनिल थापा,६ बर्षिय बालक दिप्जन पुन रहेको छ । मृतक मध्ये एक यूवतीको पहिचान हुन सकेको छैन् ।
सडकबाट करिव १ सय ५० मिटर तल खसेको बसमा सवारमध्ये चालक रामकृष्ण सापकोटा, बेनपा– १३ का देउकुमारी थापा मगर, पर्वत कुस्मा नगरपालिकाकी सिता गौतम सहित ५ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । सडकबाट खसेको बस खेतमा पुगेको थियो ।
दुर्घटनाको क्रममा पाँचवटा रुखमा अड्किएदै खेतमा पुगेकाले पनि ठूलो मानवीय क्षतीबाट बचेको स्थानीयबासीको भनाई छ । तिहार मानेर बेनी तर्फ आउँदै गरेका यात्रुमध्ये अधिकांसको टाउको, शरीरका विभिन्न भागमा चोट लागेको छ । घाईतेको स्थानीयबासी, यूवा, प्रहरी र नेपाली सेनाले उद्धार गरेका थिए । घाईतको जिल्ला अस्पताल म्याग्दीमा उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

