तराइका यि क्षेत्रमा अान्दोलनकारीले गरे सवारी साधनमा आगजनी तथा तोडफोड
जानकारी केन्द्र
२०७२, मंसिर, ७
बारा : लिपनीमाल–४ नेपाल कोल्ड स्टोर स्थित बिरगंज पथलैया सडक खण्डमा लुकीछिपी बसेका बन्दकर्ताले सोमबार अन टेष्ट मोटरसाइकलमा आगजनी गर्दा पूर्ण रुपमा जलेर क्षति भएको छ । आगो निभाउने क्रममा मोटरसाइकल चालक बिरगंज उपमहानगरपालिका–१४ बस्ने ४० बर्षीय धु्रव साहको खुट्टा पोल्दा घाइते भएकोले उपचारको लागि नारायणी उपक्षत्रीय अस्पताल बिरगंजमा लगिएको छ ।
कपिलवस्तु : कपिलवस्तु नगरपालिका–३ बैंक लाईनबाट जिल्ला जनस्वास्थ्य कार्यालय आउदै गरेको बा.१ ब ८६६७ नम्वरको मोटरसाइकल सोमबार अपरिचित व्यक्तिहरुले तोडफोड गर्दा ट्याङकी र अगाडीको भाग क्षति भएको छ ।
सप्तरी : पोर्ताहा–१ स्थित राजमार्गमा बा.६२ प ४१६२ नम्वरको मोटरसाइकलमा सोमबार बन्दकर्ताले आगजनी गर्दा पूर्णरुपमा जलेर क्षति भएको छ ।
आगजनी तथा तोडफोडमा संलग्न फरार व्यक्तिहरुको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

