• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, भदौ २८, २०८२
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

२०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ८. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ९. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

  • १०. प्रचण्ड निवासमा आगजनी

गाउँभरि केरा खेती, फेरिँदै कृषकको जीवन

म्याग्दी । म्याग्दीको खबरामा केराखेतीबाट कृषकको जीवन फेरिएको छ । खाद्यबाली छाडेर केरा खेती गरेका कृषकले अहिले केराकै आम्दानीले कच्ची घरलाई पक्की बनाउन थालेका छन् ।

स्थानीय उत्पादन बढेपछि सदरमुकाम बेनीमा बाहिरबाट केरा आयात घटेको छ । एक सय २० घरधुरी रहेको खबराका एक सयभन्दा बढी कृषकले व्यावसायिक केराखेती गरेका छन् ।

पाखोबारी, खोल्सा, कान्ला, डिल र खेत केराको घारीले भरिएको छ । धान, गहुँ, मकै र कोदोलगायत खाद्यबालीको विकल्पमा केराखेती गरेको स्थानीय कृषक प्रेमबहादुर सापकोटाले बताए ।

“अन्य आम्दानीको स्रोत छैन, गुजारा चलाउने आधार केराखेती हो”, उनले भने, “केराखेतीले खबराका बासिन्दाको जीवनस्तरमा धेरै परिवर्तन ल्याएको छ । यहाँको मुख्य आम्दानीको स्रोत केरा नै हो ।”

वर्षमा १० पाथी कोदो फल्ने बारी र दुई मुरी धान उत्पादन हुने खेतमा गरेको केराबाट मासिक १५ देखि २५ हजार रुपैयाँसम्म आम्दानी हुने सापकोटाले बताए ।

एक जनाले दुई देखि २० रोपनी जग्गामा केरा लगाएका छन् । केराखेतीबाट मासिक न्युनतम १०र१२ हजारदेखि ५० हजार रुपैयाँभन्दा बढी कमाउने कृषक छन् ।

घरव्यवहार चलाउन र छोराछोरी पढाउन केराखेतीको आम्दानीले सहयोग पुगको छ । घरव्यवहार चलाएर बचेको पैसाले कच्ची घरलाई पक्की बनाएको स्थानीय कृषक हिरा कुँवरले बताए ।

“खर हुने पाखो र खेती लगाउने खेतबारीमा अहिले केरा फलाएका छौँ”, उनले भने, “दश वर्षको खेतीलाई एक वर्षको केराको आम्दानीले जित्छ ।” दश वर्षदेखि केरा खेती गर्दै आएका कुँवरले खबरामा पक्की घर बनाएका छन् ।

गाउँमै परम्परागत खेती किसानी गर्दै आएकादेखि विदेशबाट फर्किएका युवाहरूले केराखेतीलाई आम्दानीको स्रोत बनाएका छन् । उपयुक्त हावापानी, भूगोल र बजार नजिक भएका कारण खबरामा केराखेती फस्टाएको हो ।

किसानहरूले हजारी जातको केरा खेती गरेका छन् । बिरुवा (गाना) रोपेको दुई वर्षदेखि उत्पादन लिन सकिन्छ ।

एक घरी केरामा एक हजारवटा सम्म कोसा लाग्ने गर्छ । धेरै पटक मलजल, खनजोत र गोडमेल गर्नु नपर्ने हुँदा केराखेती अन्य फलफूलको तुलनामा सजिलो भएको कृषकको अनुभव छ । केराको घारीलाई मलका रूपमा प्रयोग गर्न सकिन्छ ।

प्रति १२ कोसा काँचो केरालाई ८० देखि एक सय रुपैयाँ र पकाउँदा एक सयदेखि एक सय २० रुपैयाँका दरले बिक्री हुने गरेको छ ।

विसं २०५८ मा मानबहादुर थापाले काठमाडौँबाट भित्र्याएको केरा खबरामा मात्रै नभएर म्याग्दी, पर्वत र बाग्लुङमा पनि फैलिएको छ । “तीन वटा बिरुवा ल्याएको थिएँ, आफ्नो जग्गा र गाउँमा पुर्‍याएर म्याग्दीको सिमलचौर, भुरुङ तातोपानीसम्म र पर्वतको नाग्लीवाङ, शालीजा र बागलुङको तितौरेमा बिरुवा लगेका कृषकले राम्रै आम्दानी गरेका छन”, उनले भने, “एकै घारीबाट थोरैमा एक हजार दुई सयदेखि बढीमा चार हजार दुई सय रुपैयाँसम्म आम्दानी हुने भएकाले फाइदा हुन्छ ।”

अन्य फलफूलको तुलनामा सजिलो र छिटो आम्दानी लिन सकिने भएकाले केराखेती कृषकको रोजाइमा परेको हो ।

जिल्लामै उत्पादन हुन थालेपछि बेनीमा बाहिरबाट केरा आयात घट्न थालेको छ । बेनीको मल्लाजी फलफूल पसलका सञ्चालक श्रीकृष्ण सुवेदीले पहिलेको तुलनामा केरा आयात घटेको बताए ।

“खबरा, बगरफाँट, काउलेगौडा, रिसिनचौतारीका कृषकले केरा बेच्न ल्याउँछन”, उनले भने, “ताजा र स्वस्थ केरा यहीँ पाइने भएपछि बाहिरबाट ल्याउन कम भएको छ ।”

खबरा म्याग्दी जिल्लामै सबैभन्दा धेरै केरा खेती हुने गाउँ हो । सडक भए पनि यातायात सेवा सहज नहुँदा केरा बेच्न डोकोमा बोकेर बजारमा जानुपर्ने, केराको साना कोसा बिक्री नहुने र कोसामा दाग देखिने समस्या रहेको अगुवा कृषक सोवित शर्माले बताए ।

बेनी नगरपालिकाले खबरालाई केराको पकेट क्षेत्र बनाउने उद्देश्यले दुई वर्षअघि बिरुवा वितरण गरेको थियो ।

रोग भित्रिन नदिनका लागि बगैँचा व्यवस्थापन र सरसफाइसम्बन्धी तालिम आवश्यक रहेको कृषक शर्माले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत खबरालाई ब्लकमा समावेश गरेर केराखेती विशेष कार्यक्रम सञ्चालन गर्न माग गरिएको उनले बताए ।

ठूला कोसा बिक्री भए पनि साना कोसा बिक्री नहुने समस्या छ । बिक्री नहुने साना कोसा भएका केरालाई अन्य परिकार बनाउने सीपको आवश्यकता छ ।

दर्जन (प्रति १२ कोसा)को विकल्पमा तौलको आधारमा मूल्य निर्धारण गर्न पनि खबराका कृषकले माग गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रवि लामिछाने आजै कारागार फर्किने
    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

    ताजा

    रवि लामिछाने आजै कारागार फर्किने

    २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • रवि लामिछाने आजै कारागार फर्किने
    • २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने
    • रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.