• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ बैशाख २०८३, बुधबार
१६ बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख १७ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १६ घण्टा 

नेप्सेमा २५.८१ अंकको गिरावट
  • १७ घण्टा 

यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा
  • १८ घण्टा 

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?
  • २१ घण्टा 

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला
  • २३ घण्टा 

आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह
  • १ दिन 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १ दिन 

२०८३ वैशाख १६ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख १४ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. नेपालमा वायु प्रदूषणको जोखिम बढ्दो  : ११६ वर्षको विरासत बोकेको ब्ल्याक+डेकरद्वारा घरभित्रको शुद्धताका लागि विशेष पहल

  • ३. २०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८३ वैशाख १२ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. एभरेष्ट कलरको आईपीओ आजदेखि खुला

  • ६. आज हिमाल–पहाडमा बादल, तराईमा तातो लहरको सम्भावना

  • ७. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ८. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ९. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. कुनै विवरण लिक नभएको नबिल बैँकको दाबी गलत प्रचार नगर्न आग्रह

समावेशी प्रतिनिधित्व ठूला दललाई समस्या

जानकारी केन्द्र २०७९, कार्तिक, १

काठमाडौं । आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा ठूला राजनीतिक दलहरूले नै युवाको र समावेशी प्रतिनिधित्वको एजेन्डामा दयनीय बनेका छन् ।

राजनीतिक परिवर्तनसँगै समानुपातिक, समावेशीता र युवा प्रतिनिधित्वको एजेन्डा स्थापित गराउन लागेका ठूला दलहरू नै उक्त विषय कार्यान्वयनमा कमजोर बनेका हुन् ।

प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा  एकीकृत समाजवादी, जनता समाजवादीलगायत दलहरूले टिकट वितरणमा पुरानै अनुहारलाई निरन्तरता दिएका छन् ।

अघिल्लोपटक समानुपातिकमा सिफारिस भएका नेताहरूलाई यसपटक समानुपातिकमा नराख्ने नीति लिएका यी दलले उनीहरूलाई प्रत्यक्षमा समेत टिकट दिएनन् । दलहरूले टिकट वितरणमा समावेशीताको मुद्दालाई स्थापित गर्दै महिला, दलित र युवा पुस्तालाई नेतृत्वमा ल्याउने कुरालाई अझै स्वीकार गरिनसकेको महिला नेताहरूको गुनासो छ ।

यसपटकको निर्वाचनमा देशभरबाट प्रतिनिधिसभामा २ हजार ४ सय १२ जनाको उम्मेदवारी परेको छ । जसमध्ये ७ सय ६२ स्वतन्त्र उम्मेदवार छन् भने १ हजार ६ सय ५० दलीय उम्मेदवार छन् । यसमा ४० वर्षभित्रका युवा उम्मेदवारहरू ६ सय ९ जना रहेको तथ्यांकले देखाउँछ ।

यीमध्ये अधिकांश स्वतन्त्र उम्मेदवार छन् भने केही मात्रामा साना र नयाँ राजनीतिक पार्टीले ४० वर्ष उमेर समूहका उम्मेदवार उठाएको छ । ७ सय ६२ जना स्वतन्त्र उम्मेदवारमध्ये ३ सय ३९ जना ४० वर्षभित्रका छन् । युवाको प्रतिनिधित्व र समावेशीताको एजेन्डा स्थापित गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायत दलहरूले सोही वर्गलाई टिकट दिएको छैन ।

राजनीतिमा ४० वर्षको उमेर समूहभित्रका व्यक्ति युवा हुन् । गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा ९१ जना उम्मेदवार बनाएको नेपाली कांग्रेसले उक्त उमेर समूहभित्र २ जनालाई टिकट दिएको छ । त्यस्तै, ४६ सिटमा उम्मेदवारी दिएको नेकपा माओवादी केन्द्रबाट ४ जना उम्मेदवार ४० वर्षभित्रका छन् भने २१ क्षेत्रमा नेकपा एकीकृत समाजवादीमा ४० वर्ष उमेरका कोही उम्मेदवार छैनन् ।

प्रतिपक्ष गठबन्धनको तर्फबाट १ सय ४१ क्षेत्रमा उम्मेदवारी प्रस्तुत गरेको नेकपा एमालेबाट ५ जना उम्मेदवार ४० वर्षभित्रका छन् । एमालेसँगको गठबन्धनको सहयात्री दल राप्रपाले १ सय ४० उम्मेदवारमध्ये १५ र जसपाले ७९ उम्मेदवार उठाएकोमा २६ जना ४० वर्ष भित्रका छन् ।

त्यस्तै, राजनीतिक दलहरूले प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिँदा समावेशी समानुपातिक प्रतिनिधित्वको सिद्धान्तलाई समेत आत्मसात गर्न सकेका छैनन् । नेपाल समाचारपत्र दैनिकबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेप्सेमा २५.८१ अंकको गिरावट
यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा
सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

ताजा

२०८३ वैशाख १७ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेप्सेमा २५.८१ अंकको गिरावट

यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.