कार्तिक १२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष–
विशेष योजना गोप्य राख्नुहोला । बन्न लागेको पनि बिग्रन सक्ने दिन छ, होस पुर्याउनु होला । घरेलु समस्याले सताउने हुदा काममा अवरोध आउनेछ, त्यसै त्यसै दिक्क लागेर आउनेछ । आत्म विश्वास बड्नेछ, आफन्तको काममा नै आजको दिन बित्ने छ ।
वृष–
आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ योजनाहरुको पनि सिर्जना हुने दिन छ । परिश्रम गर्दा अरुको विस्वास पनि जित्न सकिनेछ । अधुरा काम बनी मन हर्षित हुने दिन छ । राम्रोसंग कमाई हुनेछ । पठन पाठनमा पनि प्रगति हुनेछ । धन लाभ पनि होला । जागर आउनुका साथै आर्थिक एवम सामाजिक लाभ मिल्ने छ ।
मिथुन–
भौतिक साधन जुट्नेछन् । नउठ्ने रकम उठ्ने दिन छ । मन प्रफुल्ल रहला । प्रयास गर्दा प्रेममा सफलता पाउने र बैवाहिक बन्धनको योग छ । टाढाको यात्रा पनि होला । कामहरु सजिलैसंग बन्नेछन् । कामको इच्छा शक्ति पनि बढ्नेछ । काममा सोचे जस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ ।
कर्कट–
ईष्या गर्नेहरू सक्रिय रहनेछन् । छर छिमेकमा झगडा हुन सक्छ, एकदमै सावधान रहनु होला । गलत विचार बढने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने साथै झै झगडा पनि होला । शरिरमा आलस्यता छाउने देखिन्छ । कसैसंग सामान्य बादविवाद पर्ने देखिन्छ ।
सिंह–
नयाँ काममा समय मात्र बित्नेछ । नोकरीमा आज अल्छी लाग्न सक्छ । व्यापारमा सफलताले मन रमाउन छ । धन मनग्य कमाउने अवसर मिल्नेछ, जागीरमा पनि ठिकै छ । मान सम्मान मिल्नेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका पनि पाइनेछ ।
कन्या–
दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । समग्रमा दिन रमाइलो छ । ठूला व्यक्तिको आशा र भरोसा पनि तपाइ प्रति रहनेछ । बोल्दा धेरै कामहरु सहज हुनेछन । धार्मिक काममा मन जानेछ । काममा पनि उत्साहजनक समय छ ।
तुला–
व्यावसायिक यात्राको सम्भावना छ । सामाजिक कार्यमा मन जाने छ । विविध लाभ पनि होला । सहयोग र नयाँ मित्रको आगमनले मन प्रसन्न हुनेछ, धनको लाभ पनि होला । केही खर्च लागे पनि सोचेको काम बन्नेछ । सन्तानबाट खोजे जस्तो सहयोग नपाउँदा केहि पीडा होला ।
वृश्चिक–
उपचारमा खर्च हुने योग छ । सामान्य ज्वरो आउन सक्छ, खानपानमा होस पुर्याउनु होला । परिश्रमले लक्षय पुरा गर्न सकिनेछ । नोकरि र राजनितीमा केहि अप्ठ्याराको सामना गर्नु पर्ने छ । स्वास्थ्यको विशेष ख्याल गर्नु होला । सोच्दै नसोचेको ठाँउमा पैसा जाने दिन छ ।
धनु–
विभिन्न अवसरले पछ्याउनेछन् । स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । नयाँ काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाडी बढन सकिनेछ, दिन राम्रै छ । आय बृद्धि हुने दिन छ । नयाँ कामको अवसर पनि मिल्ला, अन्नको लाभ पनि हुने दिन छ ।
मकर–
भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । आटे गरेका काम पुरा भइ धनको लाभ हुन सक्छ, ब्यापारमा पनि सामान्य लाभ हुने देखिन्छ । कमाई बड्नाले सुख बड्नेछ । विगतको श्रमबाट पनि धन लाभ हुनेछ । नयाँ लुगा र मीठ खाजाको आनन्द पनि मिल्नेछ ।
कुम्भ–
गरेका कामबाट राम्रै लाभ मिल्नेछ । यात्राको लागि एकदम राम्रो समय रहेको छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । यात्रा पनि रमाइलो हुनेछ । साथीभाइसंग भेटघाट पनि होला । नौलो स्थानको यात्रा हुनेछ । रोकिएका कामहरु बन्नेछन् । धनको प्राप्ती पनि होला ।
मीन–
बाध्यतापूर्ण काममै समय बित्न सक्छ । ब्यापार ब्यवसायमा घाटा बेहोर्नु पर्ला, सावधान रहनु होला । समय त्यति राम्रो छैन, गलत विचार बढने छ, समयमा सहि निर्णय गन सकिदैन । रोगले साताउला । सोच्दै नसोचेको ठाँउमा रुपैया पैसाको खर्च होला । सोचे अनुसार काम बन्न कठिन छ ।
सम्बन्धित समाचार
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २१ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन १९ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

