देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न, मतपेटिका ढुवानीका लागि सवारीसाधन तैनाथ
काठमाडौँ । गृह सचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताएका छन् । आइतबार दिउँसो काठमाडौं उपत्यकाका (काठमाडौं, भक्तपुर, ललितपुर) का विभिन्न मतदान स्थलको अवलोकन गर्दै उनले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताएका हुन् ।
उनले अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान भइरहेको पाएको बताए । उनले मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुचारु गराउन पहल गरिरहेको र कतिपय स्थानमा पुनः सुचारु भइसकेको बताए । गृह सचिव सिंहले निर्वाचन सामग्री, निर्वाचन कर्मचारी, मतदाताहरू र उम्मेदवारलाई कुनैपनि किसिमको भौतिक क्षति अहिलेसम्म नपुगेको बताए । उनले मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसारका सवारीसाधन तैनाथ राखिएको पनि बताए ।
उनले भने, ‘शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान भइरहेको हामीले पाइरहेका छौँ । मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुचारु गराउन हामीले व्यवस्था गरिरहेका छौँ । निर्वाचन सामग्री, निर्वाचन कर्मचारी र मतदाताहरू र उम्मेदवारलाई कुनैपनि किसिमको भौतिक हामी पुगेको छैन । हामीले सुरक्षा व्यवस्था कडा बनाएका छौँ । ४६ प्रतिशतसम्म मतदान भएको भन्ने जानकारी आएको छ । मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसारका सवारीसाधन तैनाथ राखिएको छ ।’
सचिव सिंहसहितको प्रमुख सुरक्षा अधिकारीहरूको टोलीले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न मतदान केन्द्रहरूको स्थलगत अवलोकन गरेको छ । निरीक्षणका क्रममा मतदान स्थलमा मतदाताहरूले उत्साहित तवरबाट मतदान गरिरहेको पाएको उनले बताए ।
सम्बन्धित समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
