नायक शाहरुख खानको फिल्म ‘पठान’ले रिलिज अगाडि नै कमायो १४.६६ करोड
एजेन्सी । बलिउड नायक शाहरुख खानको फिल्म ‘पठान’ले रिलिज अगावै १४ . ६६ करोड रकम कमाएको छ । फिल्म जनवरी २५ तारिखमा रिजिल हुँदैछ । अहिले फिल्मको बुकिङ तीव्ररुपमा भइरहेको छ ।
फिल्मको टिजर रिलिज भएदेखि फ्यानहरुका लागि फिल्म प्रतिक्षाको विषय बनेको हो ।
फिल्मको पहिलो गीत ‘बेसरम रंग’ रिलिज हुनासाथ गीत र दीपिका पादुकोणको भगवा बिकिनी लुकले विवाद र चर्चामा ल्यायो। गीतले अश्लीलतालाई प्राथमिकता दिएकोसम्म आरोप लागेको थियो।कतिपयले हिन्दुहरुको भावनामा चोट पुर्याउने समेत बताएका थिए।
मन पर्ने नायकलाई पर्दामा हेर्न शाहरुखका फ्यानहरु हजारौं मूल्यमा टिकट बुक गरिरहेका छन्। २० जनवरीबाट अग्रिम बुकिङ सुरु भएदेखि फिल्मको टिकटको मूल्य पनि आकाशिएको छ। तर पनि शाहरुख खानका फ्यानहरु उनलाई पर्दामा हेर्न आतुर छन्।
गुरुग्रामको एम्बियन्स मलमा पठानको टिकट २४००, २२०० र २००० रुपैयाँमा बिक्री भइरहेको छ। महँगो टिकट भए पनि सबै शो खचाखच भरिएका छन् ।
भारतको राजधानी नयाँ दिल्लीको केही मल्टीप्लेक्समा टिकट २१०० रुपैयाँमा बिक्री भइरहेको छ। यसको साथै बिहानी शोको टिकट एक हजार रुपैयाँ पनि बिक्री भइरहेको बताइको छ।
तर, महंगो टिकट बाबजुद पनि फिल्म पठानका लागि अग्रिम बुकिङले रेकर्ड तोडिरहेको छ। ‘पठान’को हिन्दी र तेलुगु संस्करणको टिकट सबैभन्दा बढी बिक्री भइरहेको छ ।
फिल्ममा शाहरुख खानको फरक अवतार देखिनेछ। शाहरुखले आफ्नो फरक अवतार देखाउन निकै मेहनत गरेका छन्।
पठानमा शाहरुख अभिनेत्री दिपीका पादुकोणसँग रोमान्स मुडमा देखिनेछन्। अर्का अभिनेता जोन अब्राहम पनि मुख्य भूमिकामा रहेका छन्।
सम्बन्धित समाचार
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

