• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ असार २०८३, सोमबार
०८ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १२ घण्टा 

याडियाको इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?
  • १३ घण्टा 

पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा आंशिक रुपमा प्रभावित हुने
  • १३ घण्टा 

फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत
  • १४ घण्टा 

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक
  • १६ घण्टा 

अत्याधिक गर्मी बढेपछि धनगढीका विद्यालय चार दिन बन्द
  • १७ घण्टा 

धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड
  • १८ घण्टा 

सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • २० घण्टा 

यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. मृगौला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

  • २. २०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. २०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्

  • ४. अब ९६ बर्ष इतिहासमा मेस्सीले बनाउने किर्तिमान सक्दैन् कसैले तोडन

  • ५. धुरन्धर सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

  • ६. आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू

  • ७. २०८३ असार ०२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. कालो चना खाने यो हो सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

  • ९. आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने

  • १०. साहिद कपुरको ‘ककटेल २’ ले बनायो पहिलो दिनमा नै पाँच रेकर्ड

एमालेसँग दुरी बढाउने माओवादी केन्द्रको संकेत

जानकारी केन्द्र २०७९, माघ, १५

काठमाडौं । एक महिनाअघि सरकारको नेतृत्वमा पुगेको माओवादी केन्द्रले एकपछि अर्को गर्दै सत्ता साझेदार एमालेसँग टाढिने संकेत गरेको छ । प्रधानमन्त्री र प्रतिनिधिसभाको सभामुख आलोपालोमा नेतृत्व गर्ने र नयाँ राष्ट्रपति एमालेलाई दिने समझदारी गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

तर पछिल्लो समय माओवादीले राष्ट्रपति साझा पद भएको बताउँदै त्यसमा राष्ट्रिय सहमति हुनुपर्ने प्रस्ताव अघि सार्दै आएको छ । प्रधानमन्त्री नियुक्तिदेखि प्रतिनिधिसभाको सभामुख र उपसभामुख निर्वाचनसँगै प्रमुख राजनीतिक दलहरूको ध्यान नयाँ राष्ट्रपति निर्वाचनमा केन्द्रित भएको छ । पूर्वसहमति अनुसार एमालेले उठाउने उम्मेदवारलाई वर्तमान सत्ता साझेदार दलको समर्थन हुनुपर्ने र रहने एमाले अध्यक्ष केपी ओलीले दोहोर्‍याउँदै आएका छन् ।

एमालेको समर्थनमा प्रधानमन्त्री बने पनि कांग्रेसको समेत विश्वासको मत पाएका दाहालले परिस्थिति फेरिएको भन्दै दलीय सहमतिको प्रस्तावलाई अघि बढाएका छन् । माघ ३ गते सर्वदलीय बैठक राखेर राष्ट्रिय सहमतिको प्रस्तावलाई अघि सारेका दाहालले पार्टीको जारी स्थायी कमिटी बैठकमा पनि सोही विषय दोहो¥याएका छन् ।

एमालेसँग दुरी बढाउने र कांग्रेससँगको सम्बन्ध सुधार्ने रणनीतिमा दाहाल रहेको निकट एक नेताको दाबी छ । माओवादीको जारी स्थायी कमिटी बैठकले नयाँ राष्ट्रपति निर्वाचनमा पूर्वसमझदारीअनुसार एमाले उम्मेदवारलाई समर्थन गर्ने कि तोडेर अर्को समीकरण बनाउने भन्ने निर्णय गरिसकेको छैन । माओवादी प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति बनाउनुपर्छ भन्ने पार्टी नीति रहेको बताए ।

‘राष्ट्रपति साझा र राष्ट्रिय एकताको प्रतीक भएकाले यसमा राष्ट्रिय सहमति कायम गरेर जानुपर्छ भन्ने पार्टी नीति छ,’ शुक्रबारको बैठकपछि महराले भने, ‘एमाले वा अर्को उम्मेदवारलाई समर्थन गर्ने भन्ने नभएर सहमति बनाउनुपर्छ भन्ने हाम्रो प्रस्ताव हो ।’ गणतन्त्र कार्यान्वयनपछिका दुवै राष्ट्रपतिले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको माओवादी बुझाइ छ ।

पहिलो राष्ट्रपति रामवरण यादवले सेनापति प्रकरणमा दोहोरो शासनको अभ्यास गरेर मन्त्रिपरिषद्को निर्णयलाई नमानेको माओवादीका नेताहरूको बुझाइ छ । त्यस्तै वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले दलविशेष र अझ गुटविशेषको हितमा काम गरेको आरोप लगाउँदै दाहालनिकट एक नेताले भने, ‘एमाले, कांग्रेस वा कुनै दलविशेषले जे भन्यो त्यही मान्ने होइन । विधि र विवेकको प्रयोग गर्ने र सबैले स्वीकार गर्न सक्ने व्यक्ति राष्ट्रपति बनाउनुपर्छ भन्ने हो ।’ यो समाचार नागरिक दैनिकमा छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
याडियाको इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?
पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा आंशिक रुपमा प्रभावित हुने
फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत

ताजा

२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

याडियाको इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा आंशिक रुपमा प्रभावित हुने

फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.