Jankari Kendra
१७ भाद्र २०८३, बुधबार
Worldlink

सन्दिप लामिछानेलाई धरौटीमा छोड्ने आदेशविरूद्ध परेको निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, २०
सन्दिप लामिछानेलाई धरौटीमा छोड्ने आदेशविरूद्ध परेको निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश

काठमाडौं । सर्वोच्च अदालतले नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने आदेशविरूद्ध परेको निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ। न्यायाधीश हरि फुयाँलको इजलासले यस्तो आदेश गरेको हो।

दुई हप्ताअघि उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटी लिएर शर्तसहित छोडेको थियो। गत मंगलबार महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई छोड्ने उच्च अदालतको आदेश बदर गरी उनलाई थुनामै राख्न माग गर्दै निवेदन दिएको थियो। यता, लामिछानेलाई भने क्यानले बन्द प्रशिक्षणमा बोलाईएको छ ।

Top Changing Nepal

युट्युब सट्स