• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ जेठ २०८३, शुक्रबार
०८ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ १० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ११ घण्टा 

विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग
  • १२ घण्टा 

अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने
  • १४ घण्टा 

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल
  • १५ घण्टा 

पाँचथरको याङवरकमा बाढीपहिरो : सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति
  • १७ घण्टा 

कामना सेवा विकास बैंकद्वारा ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ लाई शैक्षिक सामग्री वितरण
  • १८ घण्टा 

आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित
  • २० घण्टा 

सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने
  • २० घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ३. २०८३ जेठ ०४ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ४. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ५. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि : कतिमा हुँदैछ कारोबार ?

  • ६. काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

  • ७. आजदेखि मलमास अर्थात् अधिकमास सुरु हुँदै

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने

  • १०. कस्तो छ आजको मौसम पूर्वानुमान ?

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी गर्दै दर्लामी

जानकारी केन्द्र २०७९, माघ, २२

काठमाडौं । पहाडको शिरमा पुर्खादेखि मिलेर बसेको सानो गाउँ । घरछेउको भिरालो बारी । रहनसहन र चालचलनमा गाउँले झझल्को दिने परिवेशमा ढकमक्क फुलेका फूल । झट्ट हेर्दा कुनै तराईका फाँटमा गन्यमान्यले घर सजाउन रोपेका फूलका बगैँचाजस्तै लाग्छ । तर यो त विगत १५ वर्षदेखि व्यावसायिक पुष्पखेती गर्दै आउनुभएका कृषक कमानसिंह दर्लामीको व्यवसाय हो ।

उमेरले ६३ वर्ष कट्नुभएका दर्लामीले कुनै चलनचल्तीको व्यवसाय भने गर्नुभएको होइन । सुन्दा अच्चम लाग्ने तर दाम, नाम र इज्जत कमाएरै फूलखेतीबाट दैनिकी चलाउँदै आउनुभएको छ । तराईको फाँट कटेपछि झण्डै ३० किलोमिटर पहाड उक्लियौँ भने अर्घाखाँची शीतगङ्गा नगरपालिका ठाडाका एक किसानको घरमा फुलाएको फूलले यस्तै रमणीय दृश्य देख्न सकिन्छ ।

अर्घाखाँची लगायत कपिलवस्तु, रूपन्देही, दाङ, नवलपरासीसम्म पुष्प व्यवसायका रूपमा नाम कमाउनुभएका दर्लामीले यसैबाट दैनिकी चलाउँदै आउनुभएको छ । पुष्पखेतीबाट मासिक रू ३५ हजारसम्म आम्दानी गर्ने उहाँले बताउनुभयो । सानै उमेरदेखि फूलका सौखिन दर्लामीले कुनै बेला यसरी फूलको खेती गरिएला भन्ने सोच्नुभएको थिएन ।

“सानैदेखि आर्टको काम गर्दै आएको हुँ, आर्टको काम गर्दा थुप्रै चित्र बनाएको छु । त्यही पेसा गर्दैगर्दा पुष्पखेती गर्ने सोच पलायो । शोखले गरेको पुष्पखेती एकाएक फैलिएर व्यवसायका रूपमा परिणत भयो”, दर्लामीले भन्नुभयो । छ सन्तानका बाबु उहाँ जागिरको सिलसिलामा भारतका विभिन्न स्थानसम्म पुग्नुभएको छ ।

नेपालमै केही वर्ष अध्यापनको अनुभव पनि छ । उहाँले आफ्नो साढे छ रोपनी जग्गामा पुष्पखेती गरेको बताउनुभयो । बाह्रै महिना फुल्ने फूल लगाउनुभएका उहाँले विशेषगरी तिहारमा बढी प्रयोग गरिए पनि अघिपछि त्यति प्रयोग नगरिने अनुभव सुनाउनुभयो । फूलको व्यापार पनि मौसम अनुसार हुने उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “बाह्रै महिना मेरो माग बढ्दो छ । फूलमात्रै नभएर फूलका बिरुवा पनि उत्पादन गर्ने गरेको छु । मैले उत्पादन गरेका फूलका बिरुवा ठूला नर्सरीमा लगाउँछन् ।” अहिले उहाँ यिनै फूल लिएर कपिलवस्तु झर्नुभएको छ । यही माघ १७ गतेदेखि जारी कपिलवस्तु महोत्सवमा उहाँले फूलको स्टल राख्नुभएको छ ।

केही वर्षयता कपिलवस्तु महोत्सवमा स्टल राख्दै आउनुभएका उहाँले यस वर्ष पनि निरन्तरता दिएको बताउनुभयो । महोत्सव अवलोकन गर्न आउने सर्वसाधारणलाई उहाँले फूलखेती लगाउने तरिका पनि सिकाउने गर्नुभएको छ ।

कतिपयले महोत्सवबाट घरमा शोभाका लागि फूलका बिरुवा किनेर लैजाने गरेको उहाँले सुनाउनुभयो । कृषि तथा पर्यटन महोत्सवमा आयोजकले आफूलाई स्टल ल्याउन आग्रह गरेकाले यहाँ आएको उहाँले सुनाउनुभयो । कपिलवस्तुका विभिन्न स्थानमा लाग्ने महोत्सवमा आफूले स्टल लैजाने गरेको उहाँले बताउनुभयो ।

पुष्प व्यवसायी दर्लामीले लालुपाते, गजेनियाँ, हेसराज, बेगुनिया, जिरेनियम, डगफ्लावर, सयपत्री, टिकुमा, कृष्णकली, सालविया, गोदावरी लगायत दुई दर्जनभन्दा बढी जातका फूल लगाउने गर्नुभएको छ । उहाँले तीन जनालाई प्रत्यक्ष रोजगारी दिनुभएको छ भने अन्य चार पाँच जनालाई सिजनअनुसार जागिर दिँदै आएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कालीमाटीमा आज कुन तरकारीको मूल्य कति छ ?
नौ महिनामा १० अर्ब बढीको अलैँची निर्यात
अण्डाको मूल्यमा वृद्धि, क्रेटको कति ?

ताजा

२०८३ जेठ १० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग

अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.