प्रदीपसँग वर्षाको जोडी
काठमाडौँ । अभिनेता प्रदीप खड्का बन्न लागेको नयाँ फिल्म ‘कामिनो’को शीर्ष भूमिकामा अभिनय गर्दै छन्। यो फिल्ममा अभिनेत्री वर्षा शिवाकोटीलाई प्रदीपको जोडी कलाकारका रुपमा भित्र्याउने तयारी भइरहेको छ। वर्षासँग फिलमको शीर्ष भूमिकाका लागि निर्माण टिमले कुरा गरिरहेको छ । फिल्म निर्माण युनिटले फेसबुकमा वर्षासँगको तस्बिर सार्वजनिक गर्दै वर्षालाई भित्र्याउन लागेको जानकारी गराएका छन्। वर्षाले भने फिल्ममा काम गर्नेरनगर्ने निर्णय गरिसकेकी छैनन् ।
फिल्म निर्माण टिमले वर्षालाई आफ्नो फिल्म खेल्न मनाउन वर्षासँग निरन्तर संवाद गरिरहेको बताइएको छ। वर्षा अहिले फिलमको स्क्रिप्ट पनि सुनिरहेकी छन्। उनलाई फिल्मका लेखक महेश दवाडीले स्क्रिप्ट सुनिरहेकी छन् ।
वर्षा टिम, कथावस्तु र चरित्रका विषयमा सकारात्मक भए पनि निर्णय भने सुनाएकी छैनन् । वर्षाको मनस्थितिलाई हेर्ने हो भने वर्षा फिल्म निर्माण टिमसँग औपचारिक सम्झौता गर्ने तयारीमा छन्। वर्षाले फिल्मको अफर स्वीकार गरेको खण्डमा प्रदीपको जोडी बन्नेछिन् ।
जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको युवाको संघर्षको कथामाथि बन्न लागेको फिल्म एक्सेस नेपाल फिल्मसको ब्यानरमा निर्माण हुनेछ। नेपालका र ल्याटिन अमेरिकाको विभिन्न स्थानमा छायांकन हुने फिल्म दीपक वलीले निर्देशन गर्दै छन् ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


